×

वीरगन्ज २६ असोज एक सातायता रक्सौलबाट मालवाहक गाडी वीरगंज प्रवेशमा रोक लगाइएको छ ।

अनुमण्डल पदाधिकारी श्रीप्रकाशले बिहान ८ बजेदेखि राति ८ बजेसम्म मालवाहक गाडीहरूलाई वीरगंज प्रवेश गर्न रोक लगाएका हुन् । केही महिनायता रक्सौलमा बढेको ट्राफिक जाम र दुर्घटनाको कारण राति ८ बजेदेखि ११ बजेसम्म मात्र मालवाहक गाडीहरूलाई प्रवेश गर्न दिइएको छ ।

रक्सौलमा बढदै गएको सवारी दुर्घटनापछि रक्सौलवासी ट्राफिक व्यवस्थापनको लागि आन्दोलन गरेका थिए । जसमा अनुमण्डल पदाधिकारी, रक्सौलका डिएसपी राकेश कुमारले दिनमा रघुनाथपुरदेखि आइसिपीको बाटोमा मालवाहक गाडीलाई रोक्ने र रातिको समयमा छोडने निर्देशन जारी गरेका छन् ।

तर यसरी नियम लगाउँदा नेपाल आउन लागेका मालवस्तुका आयातकर्ताहरू मर्कामा परेका छन् । वीरगंज केशव ओभरसिजका त्रिलोक दारूकाले यस्तो नियमले रक्सौलदेखि रघुनाथपुरसम्म गाडीको लाम लागेको बताए । र जति प्mलोमा गाडीहरू आउनुपर्ने थियो त्यो अनुरूप आउन नसकेको हुँदा विलम्ब शुल्क तिर्ने बाध्यता भएको बताए ।

वीरगंज भन्सारका सूचना अधिकारी सन्तोष यादवले २–३ दिनयता एकदमै कम गाडी आएको बताए । यसरी रातिको समयमा मात्र गाडी आयो भने वीरगंज भन्सारको राजस्व सङ्कलन पनि प्रभावित हुने उनको अनुमान छ ।

वीउवा सङ्घका सचिवालय सदस्य मनोज उपाध्यायले रक्सौल–वीरगंज आर्थिक शहरको रूट भएर चौबीसै घण्टा सहजरूपमा गाडी आउजाउ गर्ने वातावरण बनाउन जोड दिएका छन् ।

केही घण्टा मात्र नाकामा नेपाली गाडीहरूलाई प्रवेश गर्न दिएमा यसबाट दुवै देशको व्यापारमा नकारात्मक असर पर्न जान्छ । र व्यापार प्रवद्र्धनमा ठूलो चुनौती थपिने भएकोले स्थानीय

प्रशासनले जतिसक्दो चाँडो अर्को विकल्पमाथि छलफल गरी कायर्Fन्वयन गर्न आग्रह गरे । श्राेत प्रतिक

Back to top