×

वीरगंज २६ असोज वीरगंज महानगरपालिका घोषित भए पनि महानगरमा सरकारले उपमहानगरपालिका सरहकै बजेट पठाउँदै आएको छ ।

वीरगंज उपमहानगर हुँदा सरकारले विनियोजन गरेको वार्षिक ७६ करोडबाटै चौमासिक बजेट महानगर घोषित भइसक्दा पनि आएको बताइएको छ ।

महानगर भएपछि वीरगंजलाई सरकारले १ अर्ब ८ करोडभन्दा बढीको बजेट विनियोजन गरी पठाउनुपर्ने हो । तर वीरगंजको हकमा महानगर घोषित भएर सर्वोच्चको आदेशबाट पुनः उमहानगर भएको कारण सरकारले आव २०७४–०७५ को बजेटमा उपमहानगरपालिका सरहकै बजेट विनियोजन गरी पठाइएको थाहा भएको छ ।

अहिले वीरगंज महानगरपालिकासँग पाँच करोडको हाराहारीमा बजेट छ । त्यसमा दुई महिनाको कर्मचारीहरूको तलब दिन बाँकी छ । प्रतिमहिना कर्मचारी मात्रमा महानगरको डेढ करोड खर्च हुन्छ । रु तीन करोड कर्मचारी तलबमा खर्च भए पनि बाँकी दुई करोड हुन जान्छ । दुई करोड बजेटमा महानगरले १५ करोडको हाराहारीमा भुक्तानी तिर्न बाँकी छ ।

Back to top