×

वीरगंज २५ असोज वीरगंजका राजनितीक खेलाडि बिमल प्रसाद श्रीवास्तव आफनो सहित एमालेमा प्रवेश गर्ने भएका छन । आज साँझ साढे पाँच बजे एमाले संसदिय दलको कार्यालयमा श्रीवास्तव सहितको टिम एमालेमा प्रवेश गर्ने सहमती भएको सांसद राजकुमार गुप्ताले बताएका छन । पुर्व नगर प्रमुख समेत रहेका बिमल प्रसाद श्रीवास्तव र उपप्रमुख रहेका पुरुषोत्तम झा, नन्दु श्रीवास्तव, बिन्दवासनीका वडा अध्यक्ष संतोष तिवारी, नेता शशिकपुर मियाँ र एमाले अध्यक्ष केपी ओली ,बरिष्ठ नेता माधव कुमार नेपाल , सांसद राजकुमार गुप्ता, जयप्रकास थारु, जिल्ला संयोजक प्रभु हजार, नेशनल मेडिकल कलेजका प्रबन्धन निर्देशक बसरुदिन अंसारी लगायतको टोली संग सहमती भएपछि उहाँको टिम आज पार्टी प्रवेश गर्ने निर्षकर्षमा पुगेको हो । गत निर्वाचनमा नगर प्रमुखका उम्मेदवार समेत रहनु भएका श्रीवास्तवको एमाले प्रवेशले पर्सा जिल्लामा निकै ठुलो महत्व राख्ने अनुमान लगाउन थालिएको छ । यो सवै वातावरण निर्माणमा पर्सा जिल्ला निर्वाचन क्षेत्र नं. ३ बाट निर्वा्चित सांसद राजकुमार गुप्ताले महत्वपुर्ण भुमिका खेलेका हुन ।

Back to top