×

बीरगंज २५ असोज ६२ औँ प्रहरी दिवसको अवसरमा वीरगंजमा बुधबार सरसफाई कार्यक्रम सम्पन्न भएको छ । अंचल प्रहरी कर्यालय तथा जिल्ला प्रहरी कार्यलय पर्साले आयोजना गरेको बिभिन्न कार्यक्रमको क्रममा आज सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । वीरगंजको घण्टाघरदेखी गहवा मन्दिर हुँदै अलखिया मठ लगायतका सार्बजनिक स्थलहमा आज सरसफाई गरीएको हो । सरसफाई कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर विजय सरावगी, प्रहरी बरिष्ठ उपरिक्षक सुर्यप्रसाद उपध्याय, प्रहरी उपरिक्षक डा.गणेश रेगमी लगायत बिभिन्न संघसस्थाहरुको प्रतिनीधिहरको सहभागीता रहेको थियो ।

मेयर सरावगीले सहरलाई सफा र सुन्दर बनाउने अभियान अनुरुप विहीबार अाफै कुचो लिएर सडक सफा गरेका छन् ।

उनले सहरका जनतामा जथाभावी फोहोर फाल्ने बानी रहेकोले सो बानी हटाउनका लागि पनि आफू नै कुचो बोकेर सडकमा निस्केको बताए ।

Back to top