पर्साको प्रमुखमा प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मी आए

1723




बीरगंज २४ असोज पर्साका प्रहरी उपरिक्षक नेपाल प्रहरीबाट सुडानमा जाने मिशन टोलीमा छनौट भएपछि प्रहरी प्रधान कार्यालयले पर्साको प्रमुखमा प्रहरी उपरीक्षक डाक्टर गणेश रेग्मीलाई पठाएको छ । प्रहरी प्रधान कार्यालयको प्रहरी महानिरीक्षकको सचिवालयबाट सरुवा भई पर्सामा आउनु भएका प्रहरी उपरिक्षक रेग्मीले सोमबार देखि आफनो कार्यभार सम्हाल्नु भएको हो । स्याङजा स्थायी घर भएका प्रहरी उपरीक्षक रेग्मी , कानुनमा पनि राम्रो दख्खल राख्ने प्रहरी अधिकृतको रुपमा परिचित हुनुहुन्छ । यसअघि उहाले रौतहटमा प्रहरी प्रमुखको रुपमा जिम्मेवारी वहन गरिसक्नु भएको छ ।

Comments

comments