बुद्ध एयरको यस्तो विभेद, सेवाका नाममा गैरजिम्मेवारपन र ब्रह्मलुट मच्चाउँदै

2899




बारा २३ असाेज आन्तरिक उडानमा प्रमुख मानिने बुद्ध एयरले पर्सा र बाराका जनतामाथि अत्याचार गरेको पाइएको छ ।
कुरा हो बाराको सिमरा विमानस्थलको । यो रुटमा बुद्ध एयरको विमानले मात्रै नियमित उडान गर्छ । यहाँ एकाधिकार जमाइरहेको बुद्ध एयरका माथिल्लो तहदेखि पिउनसम्मका कर्मचारीले पर्सा र बाराका समुदायका यात्रुसँग गैरजिम्मेवार व्यवहार देखाउने गरेका छन् । सेवाका नाममा पुरै ब्रह्मलुट मच्चाएका छन् ।

वीरगञ्ज घर भएका धिरज गुप्ता सिमरा एयरपोर्टमा बुद्ध एयरका कर्मचारीले आफ्नो अपमान गरेको गुनासो गरे । प्राय पर्सा र बाराका समुदायका यात्रुलाई अलपत्र पार्ने, कुनै जानकारी नदिने, कुनै जिम्मेवारी बोध नदेखिएको उनको गुनासो छ ।

‘जहिले पनि प्लेन ढिलो उडाउँछ । प्लेन क्यान्सिल भएको, ढिलो भएको बारेमा, यात्रुलाई फिर्ता पठाउने कुरामा उनीहरु कत्तिपनि जिम्मेवार छैनन् । व्यापारका नाममा यात्रुलाई सास्ती दिएका छन् । त्यो सास्ती भोग्ने म पनि हुँ । केही सोध्दा पनि गैरजिम्मेवारी देखाउँछन् । यो हामीमाथिको विभेदको उपज हो जस्तो लाग्छ । राज्यबाट ठगिएका पर्सा र बाराका हामी बुद्ध एयरबाट पनि पटक पटक ठगिदै आएका छौं,’ उनले भने ।

यसबारे बुझ्न खोज्दा बुद्ध एयरका कर्मचारीले कुनै प्रतिक्रिया दिन मानेनन् ।

Comments

comments