पानीटंकी टोल उपभोगता समितिद्वारा मेयर विजय सरावगीलाई सम्मान

1146




वीरगन्ज २१ असोज  बिरगंज महानगर पालिका स्थित वडा न ८ पानीटंकीमा पानीटंकी टोल बिकाश उपभोगता समिति द्वारा बिरगंज महानगर पालिका का नव निर्वाचित मेयर विजय कुमार सरावगी,उप मेयर सान्ति कार्की,वडा न ८ का वडा अध्यक्ष राज किसोर गुप्त्ता र महिला सदस्य सबिता गिरि,प्रमसिला राम,गफार मिया,छोटेलाल कहारहरु लाइ स्वागत तथा समान उपभोगता समितिका अध्यक्ष संजय श्रीवास्तवले दोसल्ला र टिका लगाई गर्नु भएको छ | नव निर्वाचित मेयर विजय कुमार सरावगीले मन्तब्य दिने क्रममा बिगतका दिन बाट रुकेको बिकाश अब सुरु गर्ने महानगर पालिकामा रहेको ३२ औ वडामा बिकाशको कार्यक्रम तिब्ररुपमा अगाढी बढने स्थानीय तहका सम्पूर्ण सरकारी स्कुलहरुमा अंग्रेजी माध्यमका स्कुल सरह पठन पाठन सुरु गराउने समेत घोसना गर्नु भएको छ भने सर्ब साधारणको गुनासो सुन्न वहाले दिउसो २ बजे देखि ४ बजे सम्म खुला समय राखनु भएको छ | बिकाशको काममा कसै बाट रुकावट आयो भने त्यसको पनि सामना गरि अगाढी बढने छु र यसमा सम्बुर्ण नगरबासि ले सहयोग गर्न समेत अनुरोध गर्नु भाको छ | यस कार्य क्रमको सभापतित्व पानीटंकी टोल बिकाश उपभोगता समितिका अध्यक्ष संजय श्रीवास्तवले गर्नु भएको छ र यस समितिका उपाध्यक्ष मनोज सर्मा,भरत थापा पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा   , ड़ा असोक दाश,ड़ा गोपाल प्र.गजुरेल,डा मनोज गुप्ता,ड़ा अमर नाथ ठाकुर ड़ा राजेन्द्र साह,ड़ा बुनेश बादल को बिसेष उपथिती रहेको थियो भने स्थानीय बासिहरुको बाक्लो उपस्थिति रहेको थियो |
यस कार्यक्रम लाइ उपभोगता समितिका सदस्य सुरेश बादल ले संचालन गर्नु भएको थियो |

Comments

comments