×

वीरगंज २० असोज वीरगंज महानगरपालिकाको आठ वटा सदस्य पदको निर्वाचनको लागि जोड घटाउ सुरु भएको छ । तीन जना पुरुष र पाँच जना महिला सहित आठ जना बोर्ड सदस्यको निर्वाचन यही २२ गते हुने भएको छ । यसको निम्ति साम दाम दण्ड भेदको नीति अख्तियार गरेर मेयर बिजय सरावगी मैदानमा कुदिसकेका छन् । सरावगी बोर्डमा आफ्नो बहुमत कायम गर्नका निम्ति आफ्ना दलबल सहित सौराहामा योजना बनाईरहेका छन् । सरावगीको यो योजनामा एमालेको पनि साथ र सहयोग रहेको बुझिएको छ । प्रारम्भमै महानगरपालिकाको यो निर्वाचनमा ‘मालपानी’ हावी भएको छ । सरसर्ती हेर्दा नेपाली कांग्रेस ५८, राजपा १६, फोरम लोकतान्त्रिक ५, र माओवादी केन्द्र ४ गरी यो गठबन्धन बहुमत नजिक रहेको छ । यस गठबन्धनबाट ३ जना पुरुष सदस्यमा शशि कपुर मियाँ, अरबिन्द गुप्ता, राधेश्याम सोनार र पाच जना महिला सदस्यमा बरकुतुम्ब नेसा, राधादेवी कार्की, मनोजा चौधरी, रिनु देवी र अनिता देवी कुशवाहा रहेकी छिन । यसैगरी फोरम र एमालेको गठबन्धनबाट ३ जना पुरुष मध्ये शुशिल साह कानु, अजय सरार्फ र पुरेन्दर लाभ र पाच जना महिला सदस्य मध्ये सुनिता साह, नगिना देवी, बैजन्तीमाला तुरहा, फुलबचनी देवी र प्रेमशिला देवी चमारिन रहेकी छिन । मेयर बिजय सरावगी यस निर्वाचनमा आफै सक्रिय भएकाले नेपाली कांग्रेस र उसको गठबन्धनमा सेन लाग्ने सम्भावना बढेर गएको छ । नेपाली कांग्रेसको तर्फबाट जिम्मेवार व्यक्तिहरु सिनमा नदेखिएको र झट्ट हेर्दा दुई चार भोटले अगाडी देखिएपनि सरावगीको चालको अगाडी अन्तमा गएर उनीहरु पछारिने सम्भावना बढी छ । फाईल फाेटाे ।

Back to top