×

वीरगन्ज ९ असोज वीरगंज प्रदेश नं दुईको एक मात्र महानगरपालिका वीरगंजको मतगणना फेरी रोकिएको छ ।वडा नं १६ नगवा ,१७ अलौ र १८ भवानीपुरको मतगाना शुरु गर्नु पर्ने माग राख्दै संघीय फोरमलगायत अन्य पार्टीका राजनीतिक दलका प्रतिनिधिहरुले ती वडाको बक्सा खोली मतगणना शुरु गर्नु पर्ने माग राखेका हुन्् ।केही मिनेट अघि महानगर वीरगंजको मतगणना भइरहेको ठाकुरराम बुहुमुखी क्याम्पसको मुल गेटमा विभिन्न राजनीतिक दलका प्रतिनिध तथा नेता कार्यकर्ताहरुले नाराबाजी गर्दै मतगणना अवरुद्ध पारेका हुन् ।मतगणनाबाट राजनीतिक दलका प्रतिनिधीहरु बाहिरीएपछि मतगणना रोकिएको हो ।उनीहरुले यथासिघ्र ती तीन वडाको मतगाण्ना शुरु गर्नु पर्ने माग राखेका छन् । यस विषयमा पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलसंग कुरा गर्दा मतगणना जारी रहेको वडान नं १० घडिअर्वा ,११ श्रीपुर ,१५ लक्षमणनवा र १९ विन्दवासिनीमा मतगणना सकेपछि राजनीतिक दलको बैठक राखी ती तीन वडाको मतगणना गर्ने कार्यक्रम रहेको बताएका छन् ।

Back to top