×

वीरगन्ज,९ असोज राष्टिय जनतापार्टीका केन्द्रिय उपाध्यक्ष लक्ष्मणलाल कर्णको वडामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार विजयी भएका छन् ।वीरगन्ज महानगरपालीकाको वडा नम्बर ९मा मनोज कलवार निकत्म प्रतिद्धन्दी नेपाली काग्रेसका जवाहर लाल गुप्तालाइ पराजित गरी विजयी भएका छन् ।राजपाका तीन महामन्त्रीहरु पर्साको निर्वाचनमा पराजय भएका छन् । बहुदरामाइ नगपालीकाको मेयरमा लडेका शिवपटे नेपाली कांग्रेसका नितेन्द्र साहबाट पराजित भएका छन् ।यसैगरी पोखरीय नगपालीकाको मयरमा लडेका राजपाको केन्द्रिय सदस्य नेजामुदिन समानीको जमान जफत भएको छ ।

यसै गरी संघीय समाज वादी फोरम नेपालका उपाध्यक्ष लालबाबु राउत गदी र नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालको गाउपालीकाको अध्यक्षमा माओवादी केन्द्रले विजय हासिल गरेको छ । पर्साको जगरनाथ पुर गाउपालीकाको अध्यक्षमा माओवादी केन्द्रका जालिम मियां मसुरी विजयी भएका छन् । जालिम मियाले ३ हजार ४ सय १ मत ल्याएर बिजयी हासिल गरेका हुन ।उनका निकटतम प्रतिद्धन्दी संघीय समाजवादी फोरम नेपालका कृष्णमोहन प्रसाद यादवले ३ हजार ३७ मत प्राप्त गरेका छन् े । उपप्रमुखमा भने फोरम नेपालकी बिस्मिल्लाह खातुन ३ हजार १ सय ४१ मत प्राप्त गरी बिजयी भएकि छिन् । उनकी निकटतम प्रतिद्धन्दी माओवादी केन्द्रकी मीरा देवी कुर्मीले २ हजार ४ सय ५० मत प्राप्त गरेकि छिन ।

नेपाली कांग्रेसका अर्का केन्द्रिय सदस्य अजय चौरसियाको गाउपालिकामा संघीय समाज वादी फोरम नेपालले जित हासिल गरेको छ । नेता चौरसियाको घररहेको विन्दवासिनी गाउपालीकामा फोरम नेपालका प्रमुखका उमेदवार श्रीलाल साह कानु बिजय भएका छन। कानुलाइ स्थानियले विकास प्र्रमीेको रुपमा संज्ञादिदै मादीको नामले समेत बुलाउने गरेका छन् । राजपामा रहेका कानुलाइ पार्टीले टिकट नदिपछि उम्मेदवारीको एकदिन पहिला फोरम नेपालमा प्रवेश गरी चुनाव लडेका थिए ।नेपाली कांग्रेसका सभासद सुरेन्द्र चौधरीको गाउपालीकामा एमाले विजयी भएको छ । पर्साको पटेर्बासुगौली गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षामा नेपाली कांग्रेस विजयी भएको छ । पर्साको पटेर्बासुगौली गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षामा नेपाली कांग्रेस विजयी भएको छ । एमालेका हरिनारायण चौधरी २९५७ मत ल्याएर ८२ मत अन्तरले अध्यक्षमा विजयी भएका हुन् । कांग्रेसका दिनेश चौधरीले २८७५ मत ल्याएका छन् । यस्तै उपाध्यक्षमा भने कांग्रेसकी ममता चौधरीले ३२५७ मत ल्याएर विजयी भएकी छन् । उनकी प्रतिद्वन्दी एमालेकी सन्जु चौधरीले २७८९ मत ल्याएकी छन्

नेपाल लोकतान्त्रि फोरमको केन्द्रिय कोषाध्यक्षमा फोरम नेपालकि सदस्य एवम सभासद रमेश पटेलको गाउबाट संघीय समाजवादी फोरम नेपालको उम्मेदवार बडाअध्यक्षमा विजयी भएका छन् । मधेस आन्दोलनको केन्द्रविन्दु रहेको वीरगन्ज महानगरपालीकाको बडा नम्बर २५मा संघीय समाजवादी फोरम नेपालका वडाअध्यक्षका उम्मेदवार विसराज राउत कुर्मि ६सय ६३ मत प्राप्त गरेर विजयी भएको प्रमुख निर्वाचान अधिकृतको कार्यलयले घोषणा गरेको छ ।नेपाल लोकतान्त्रि फोरमको कोषाध्य एवम सभासद आशा चतुर्वेदिको वडासमेत रहेको सो वडामा फोरम लोकतान्त्रिका उम्मेदवार द्धितिय स्थानमा रहेका छन् । नातामा चतुर्वेदीका भतिजा पर्ने आशुतोष चतुर्वेदीले ५सय ७० मतप्राप्त गरेर निकत्म प्रतिद्धदी रहेका छन् ।वीरगन्ज महानगरपालीकाको सो वडामा राजपाका उम्मेदवार रामाकान्त प्रसाद कुर्मिले ४०९ मत प्राप्त गरेर तेश्रो स्थानमा रहेका छन् । राजपाले महामन्त्री राजेशमान सिहलाइ वीरगन्ज महानगरपालीकाको मेयरको उम्मेदवार बनाएपछि अर्का महामन्त्री विमल श्रीवास्तव पार्टी परित्यागगरी नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गर्दै वीरगन्जको मेयरमा चुनाव लडेका थिए । विमल श्रीवास्तवसंगै लोकतान्त्रिकमा प्रवेश गरेका आशुतोष चतुर्वेदी वडा अध्यक्षमा चुनाव लडेका थिए

Back to top