×

रक्सौल–परवानीपुर ट्रान्समिशन लाईन आयात भएको छ । यससंगै वीरगंज महानगरपालिका लोडसेडिङ्ग मुक्त हुने भएको छ । भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले विहिबार ५० मेगावाटको रक्सौल–परवानीपुर ट्रान्समिसन लाईन आयातको उदघाटन गर्ने कार्यक्रम रहेको छ । औपचारीक रुपमै विद्युत आयातले वीरगंजका उधोगी व्यवसायीहरु हर्षित भएका छन् । विहिबार उधोग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्माले एक विज्ञप्ती जारि गर्दै भारतबाट आयतित विधुतले वर्षौदेखि कहाली लाग्दो लोडसेडिङ्गको समस्या अन्त्य हुने विश्वास गरिएको छ । यस क्षेत्रका उद्योगहरुले भोग्दै आएको विद्युत्सँग सम्बन्धित समस्यालाई सकारात्मक रुपमा लिई भारतीय पक्षसँग आवश्यक समन्वय गरी यसै क्षेत्रको लागि ५० मेगावाट विद्युत् प्रसारण गर्न आवश्यक पहल गरेकोमा नेपाल सरकारप्रति पनि संघले आभार व्यक्त गरेको छ ।

Back to top