धोविनीमा फोरमको वर्चस्व कायमै

470




वीरगन्ज, असोज ०६ – पर्सा जिल्लाको दोविनी गाउँपालिको ताजा मतपरिणाम सार्वजनिक भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो ५ हजार ४ सय ४२ मतगणनको विवरण अनुसार संघीय समाजवादी फोरम नेपालको अग्रत्ता कायमै राखेको छ । फोरम नेपालको तर्फाबाट प्रमुख पदकी प्रत्यासी सुसिला देवी १ हजार ३ सय ३ मत प्राप्त गर्दै अग्रस्थानमा रहेकी छन् । सुसिला देवीलाई पछ्याउदै नेकपा एमालेका इस्लाम मिया तेली १ हजार २ सय ९६ मत प्राप्त गर्दै दोश्रो स्थानमा रहेका छन् भने राष्ट्रिय जनता पार्टी (राजपा)का अम्बिका राउत कुर्मी १ हजार ६६ मत प्राप्त गर्दै तेश्रो स्थानमा छन् । १ हजार ५७ मत प्राप्त गर्दै नेपाली कांग्रेसका सुरेश प्रसाद कुर्मी अन्तिम स्थानमा रहेका छन् ।

त्यस्तै उप-प्रमुखमा पानी संघिय समाजवादी फोरम नेपालको अग्रता छ । फोरम नेपाल बाट उप-प्रमुखका दावेदार पारशनाथ प्रसाद कुर्मी १ हजार ६ सय ८९ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिद्वन्द्धी नेपाली कांग्रेसकी मंजु देवी संग ५ सय २० मतको विसाल मतान्तरले अगाडि रहेका छन् । नेपाली कांग्रेसकी मंजु देवीले १ हजार १ सय ६९ मत प्राप्त गरेकी छन् । त्यस्तै राजपाकी राज कुमारी देवीले ९ सय ३४ मत ल्याकी छन् भने माओवादीकी राधिका चमईनले ४ सय ९५ मत ल्याएकी छन् ।

Comments

comments