×

वीरगन्ज, असोज ०५ - पर्सा जिल्लाको विन्दवासिनी गाउँपालिकाको निर्वाचन आयोगले नयाँ मतगणनाको अपडेट सार्वजनिक गरेको छ । सार्वजनिक गरेको नयाँ मतपरिणाम अनुसार नेपाली कांग्रेस र संघिय सम्व्जादी फोरम नेपाल विच कडा प्रतिष्पर्धा देखिएको छ ।

प्रमुखमा २०५१ मत प्राप्त गर्दै नेपाली कांग्रेसको तर्फाबाट प्रमुख पदका उम्मेदवार चन्द्र किशोरे प्रसाद बरई पहिलो स्थानमा छन् भने २०४५ मतको झिनो मतान्तरले संघीय सम्वादी फोरम नेपालको तर्फाबाट प्रमुख पदका उम्मेदवार श्रीलाल साह कानु दोश्रो स्थानमा छन् । त्यसैगरी उप-प्रमुखमा फोरम नेपालकी उर्मिला देवी २०१५ मतका साथ् पहिलो स्थानमा छिन भने नेपाली कांग्रेसकी किरण देवी १९४५ मतको साथ् दोश्रो स्थानमा रहेकी छिन ।

फोरम नेपाललाई पछ्याउदै नेकपा एमालेले प्रमुख पदमा १३९६ मत प्राप्त गरेको छ भने उप-प्रमुखमा १२३० मत प्राप्त गरेको छ । त्यसैगरी राष्ट्रिय जनता पार्टीका प्रमुखका उम्मेदवारले १२४२ मत प्राप्त गरेका छन् भने उप-प्रमुखका उम्मेदवारले ११४० मत प्राप्त गरेका छन् । प्रतिशापर्धबाट धेरै टाढा रहेको माओवादी केन्द्रले प्रमुख पदमा १२२ र उप-प्रमुख पदमा १६८ मत प्राप्त गरेको छ ।

त्यहीक्रममा गाउँपालिकाको वडा नम्बर १,२, र ३ को अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अन्तिम मतपरिणाम अनुसार नेकपा एमाले २ स्थान र राष्ट्रिय जनता पार्टी एक स्थानमा विजयी भएको छ । वडा नम्बर १ मा नेकपा एमालेका सागिर मियाले ३३३ मत प्राप्त गर्दै विजयी हासिल गरेका छन् भने वडा नम्बर २ मा संजय साह चौहान ५३७ मत प्राप्त गर्दै विजय भएका छन् । वडा नब्मर ३ मा राष्ट्रिय जनता पार्टीको तर्फाबाट सल्मा खातुन विजयी भएकी छिन । खातुनले ७८२ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार जय प्रकाश चौरसियालाई पराजित गरकी छिन । चौरसियाले ७१५ मत प्राप्त गरेका थिए ।

Back to top