×

वीरगन्ज, असोज ०५ - पर्साजिल्लामा वीरगन्ज महानगरपालिका पछि अर्को सदरमुकामको रुपमा रहेको पोखरिया नगरपालिकाको मतगणनाको परिणाम आउने क्रम जारि रहेको छ । बुधवार बिहान निर्वाचन कार्यालय पोखरियाले घोषणा गरेको ताजा मतपरिणामका अनुसार पोखरिया नगरपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसको पुरै प्यानलले विजयी प्राप्त गरेको छ ।

पोखरिया नगरपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसका अजय साह कलवारले ५६८ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिष्पर्धी संघीय समाजवादी फोरम नेपालका राम परवेज चौहानलाई ९८ मतल पुरै प्यानललाई पराजित गरेका छन् । फोरम नेपालका चौहानले ४७० मत प्राप्त गरेका छन् । पोखरिया नगरपालिकामा नेपाली कांग्रेसको यो दोश्रो जित हो ।

पोखरिया नगरपालिकाको वडा नम्बर १,२,३ र ४ को अन्तिम मतपरिणाम निर्वाचन आयोगले सार्वजनिक गरेको छ । नगरपालिकाको वडा नम्बर १ मा संघीय समाजवादी फोरम नेपालका बांका राउत कुर्मी ४५० मत प्राप्त गर्दै आफ्नो पुरा प्यानल सहित विजयी भएका छन् । उनका निकटम प्रतिष्पर्धी माओवादी केन्द्रका उम्मेदवारले २४७ मत प्राप्त गरेका थिए ।

त्यसैगरी वडा नम्बर २ मा नेपाल जनता दलका सुरेन्द्र साह पनि आफ्नो सम्पूर्ण प्यानलका साथ् विजयी भएका छन् । उनले ६२३ मत प्राप्त गर्दै आफ्नो फोरम नेपालका उम्मेदवारलाई २१२ मतले पराजित गरेका छन् भने वडा नम्बर ४ मा नेपाली कांग्रेसले विजयी प्राप्त गरेका छ । नेपाल जनता दलका उम्मेदवारलाई केवल २० मतले पराजित गर्दै कांग्रेसको वडा अध्यक्ष पदका उम्मेदवार लक्षमण साह कानु २५० मत प्राप्त गर्दै आफ्नो प्यानल सहित विजयी भएका छन् ।

Back to top