×

वीरगन्ज, असोज ०५ - विगत अढाइ दसक भन्दा बढि समय देखि पत्रकारिता पेशामा आवद्ध रहेका पत्रकार पवन कुमार तिवारी पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाको वडा नम्बर ५ को वडाध्यक्ष पदमा निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्र बाट वडाध्यक्ष पदका उम्मेदवार तिवारीले ४४७ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिद्वन्द्वी नेपाली जनता दलका शिवपुजन प्रसाद कुर्मीलाई ५७ मतको फराकिलो मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । कुर्मीले ३९० मत प्राप्त गरेको निर्वाचन आयोगका उप-निर्देशक क्षेत्र बहादुर भण्डारीले जानकारी गराए ।

तिवारी वीरगन्ज बाट प्रकाशित हुँदै आएको लोकटाइम्स दैनिकका प्रकाशक एवम् प्रधान सम्पादक समेत हुन् । निर्वाचनको केहि दिन पुर्व मात्रै माओवादी प्रवेश गर्दै तिवारीले आफ्नो उम्मेद्वारी माओवादी केन्द्रबाट दर्ता गराएका थिए ।

Back to top