×

वीरगन्ज, असोज ०५ - पर्साको पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमाले बिजयी हासील गरेको छ । नेपाली कांग्रेसका पर्साका पूर्व सभापति एवं सांसद सरेन्द्र चौधरी र नेकपा एमालेका सांसद तथा पार्टीका पोलिटब्यूरो सदस्य नागेन्द्र चौधरीको गृह गाउँपालिकामा नेकपा एमालेले विजय प्राप्त गरेको हो ।

नेकपा एमालेका अध्यक्षका उम्मेदवार हरिनारायण चौधरीले २९ सय ५७ मत प्राप्त गरि बिजयी हुनु भएको हो । निर्वाचन कार्यालयले राती ३ बजे गरेको घोषणा गरेको मतगणनाको विवरण अनुसार उहाँका निकटतम प्रतिद्वण्दी नेपाली कांग्रेसका दिनेश चौधरीले २८ सय ६७ मत प्राप्त गर्नु भएको थियो ।

उपाध्यक्षमा नेपाली कांग्रेसकी ममता चौधरी बिजयी हुनु भएको छ । गाउँपालिकाको पाँच वडा मध्य २ वडा नेकपा एमालले र तीन वडा नेपाली कांग्रेसले जितेको छ ।

Back to top