×

वीरगन्ज, असोज ०५ - पर्सा जिल्लाको जिराभावानी गाउँपालिकामा नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ । गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका सेख नुमान आजमले ६९० मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिष्पर्धी नेकपा एमालेका रामसरण खवास थारुलाई झिनो ७ मतान्तरले पराजित गरेका छन् । रामसरण खवास थारुले ६८३ मत प्राप्त गरेका थिए ।

त्यसैगरी गाउँपालिकाको अध्यक्ष पदमा पनी नेपाली कांग्रेसले अग्रता लिएको छ । निर्वाचन कार्यालयले उपलब्ध गराएको ताजा मतपरिणामको जानकारी अनुसार नेपाली कांग्रेसका अध्यक्षमा ७९४ र उपाध्यक्षमा ७२५ मत प्राप्त गर्दै अग्रता लिएको छ । नेपाली कांग्रेसलाई पछ्याउदै नेकपा एमालेले प्रमुखमा ६१२ र उप-प्रमुखमा ५४० मत प्राप्त गरेको छ । अध्यक्षमा १०४ र उपाध्यक्षमा १४६ मत प्राप्त गर्दै प्रतिष्पर्धामा माओवादी केन्द्र अन्तिम स्थानमा रहेको छ ।

गाउँपालिकाको मतगणना सुस्त भएको स्थानीय वासीले जनाएका छन् । वडा नब्मर १ को मतगणन सम्पन्न गरी अहिले वडा नम्बर २ र ३ को मतगणना गर्ने कार्य सुरु भएको स्थानीय निर्वाचन अधिकारिले जानकारी गराए ।

Back to top