×

वीरगन्ज, असोज ०५ - पर्सा जिल्लाको कलिकामाई गाउँपालिकामा संघिय समाजवादी फोरम नेपाल र नेपाली जनता दल विच कडा प्रतिष्पर्धा चलिरहेको छ । नेपाली जनता दलको प्रमुख पदका उम्मेदवार नथुनी प्रसाद २३६१ मत प्राप्त गर्दै अगाडि रहेका छन् भने उनलाई पछ्याउदै संघीय समाजवादी फोरम नेपालका उम्मेदवार लालसा देवी कलवार २३३५ मत प्राप्त गरी दोश्रो स्थानमा रहेकी छिन । नेपाली कांग्रेस १४९४ मत सहित तेश्रो स्थानमा रहेको छ ।

त्यसैगरी उप-प्रमुखमा पनि कडा प्रतिष्पर्धा चलिरहेको छ । फोरम नेपालको तर्फाबाट उप-प्रमुखका उम्मेदवार राजेश कुमार चौरसियाले २४०७ मतका साथ् अग्रता लिएका छन् भने उनलाई पछ्याउदै नेपाली जनता दलको तर्फाबाट मालती देवी कोइरीले २१७७ मत प्राप्त गरेकी छिन । नेपाली कांग्रेस १४०७ मत प्राप्त गर्दै उप-प्रमुखमा पनि तेश्रो स्थानमा रहेको छ ।

गाउँपालिकामा रहेको ५ वटा वडा मध्ये ४ वटा वडाको नतिजा सार्वजनिक हुँदा फोरम र जनता दल विचको कसले जित्न भन्ने कुरामा अहिले चर्चाको विषय बनेको छ । अर्कोतिर वडा नम्बर ५ को मतगणना गर्न क्रम जारी रहेको छ, जहाँ अहिलेसम्म फोरम नेपालले अग्रता कायाम राखेको छ भने निकटम प्रतिष्पर्धी जनता दल केवल ८ मतले पछाडी रहेको छ ।

त्यसैगरी गाउँपालिकाको ४ वटा वडा मध्ये २ मा फोरम नेपाल विजय भएको छ भने १/१ मा नेपाली कांग्रेस र नेपाली जनता दल विजयी भएका छन् । वडा नम्बर १ मा नेपाली कांग्रेसका शिवनाथ कुर्मी विजय भएका छन् भने वडा नम्बर २ मा नेपाली जनता दलका सोनालाल प्रसाद चौरसिया विजयी भएका छन् ।

फोरम नेपालको तर्फाबाट वडा नम्बर ३ मा संजय पटेलले ५३१ मत प्राप्त गर्दै आफ्नो निकट प्रतिष्पर्धी नेपाली जनता दलका दिनेश चौरसियालाई पराजित गरेका छन् । दिनेश पटेलले ४१९ मत हासिल गरेका छन् । त्यसैगरी वडा नम्बर ४ मा फोरम नेपालका हरिओम कुमार साह ५७८ मत प्राप्त गर्दै आफ्नो निकटम प्रतिष्पर्धी जनता दलका संजय कुमार साहलाई पराजित गरेका छन् ।साहले ३३९ मत प्राप्त गरेका थिए ।

Back to top