×

वीरगन्ज, असोज ०५ - मंगलवार दिउँसो देखि सुरु भएको नेपालको सबैभन्दा कान्छो महानगरपालिकाको रुपमा चिनिएको दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मतगणनाको आज तेश्रो दिन पनि जारि रहेको छ ।

निर्वाचन आयोग वीरगन्जले बिहिवार बिहान ६ बजे सम्म सार्वजनिक गरेको वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, २८, २९, ३०, ३१ र ३२को लमसम दस हजार मतगणनाको परिणाम अनुसार नेपाली कांग्रेसले २६ मतको झिनो मतान्तरले राष्ट्रिय जनता पार्टी (राजपा)लाई पछाडी पर्दै आफुलाई पहिलो स्थानमा लायुन सफल भएको छ । नेपाली कांग्रेसका मेयर उम्मेदवार अजय द्विवेदीले २३१२ मत प्राप्त गरेका छन् भने राजपाका राजेशमान सिंह २२८६ मत प्राप्त गरेका छन् । मध्यरात सम्म अगाडी रहेका सिंहलाई २७ मतले पछि पर्दै द्विवेदी अगाडी बढेका छन् ।

त्यसैगरी संघीय सम्व्जादी फोरम नेपाल अहिले पनि ८०० जति मतको ठुलो मतान्तरले तेश्रो स्थानमा रहेको छ । फोरम नेपालका मेयर उम्मेदवार विजय कुमार सरावगीले दस हजार जति मतगणना हुँदा पनि केवल १५२९ मत प्राप्त गर्न सफल भएका छ्न । निर्वाचन पहिला आफ्नो भोटबैंक बताउन स्थानहरु बाटनै कम मत प्राप्त भएपछी फोरमका नेता कार्यकर्ता चिन्तित देखिएका छन् ।

अर्कोतीर माओवादी केन्द्रबाट युवा उम्मेदवार रह्बर अन्सारीले १३१४ मत प्राप्त गर्दै सबैलाई चकित पारेका छन् । उनले फोरमका उम्मेदवार सरावगीलाई लगातार टक्कर दिरहेकाछन छन् । मध्यराति सम्म सरावगी संग २४५ मतले पछाडी रहेका रह्बरले अहिले मतान्तर घटाउदै २१५ पुर्याएका छन् भने नेकपा एमालेका बस्रुद्दीन अन्सारीले पनि आफ्नो मतान्तर घटाएका छन् । मध्यरात सम्म रह्बर संग २१५ ले पछाडी रहेका बस्रुद्दीनले आफ्नो मतान्तरको दुरी कम गर्दै ९९ मा झारेका छन् ।

फोरम लोकतान्त्रिकका उम्मेदवार विमल श्रीवास्तवको कुनै प्रगति हुन सकेको छैन । पुरा मेयर समेत रहेका श्रीवास्तवले मध्यरात देखि बिहान ६ बजे सम्म केवल ३ मतको प्रगति गर्न सकेका छन् । राती ६६९ मत ल्याएका श्रीवास्तवले बिहान ६ बजे सम्म ६७२ मत ल्याउन सकेका छन् ।

यतातिर उप-मेयरमा पनि नेपाली कांग्रेसको शान्ति कार्कीले अग्रता कायमै राखेकी छिन । आफ्नो निकटम प्रतिष्पर्धी राजपाकी रम्भा मिश्रा संगको मतान्तरलाई फराकिलो पर्दै, ५७६ मतको ठुलो अन्तरले कार्कीले मिश्रालाई पछाडी पारेकी छिन । कार्कीले २६९३ मत प्राप्त गरेकी छिन भने मिश्राले २११७ मत प्राप्त गरेकी छिन । कांग्रेस र राजपाको कडा टक्कर चलि रहेको बेला नेकपा एमालेकी सोफिया आचार्यले संघिय सम्ज्वादी फोरम नेपालीकी उम्मेदवार पिंकी देवी यादवलाई पनि तिब्र प्रतिष्पर्धा दिएकी छिन । मध्यरात सम्म यदाव संग ५५२ मतान्तरले पछाडी रहेकी आचार्यले अहिले मतको अन्तर कम गर्दै ११३ मा झारेकी छिन । फोरम नेपालकी उम्मेदवार पिंकी यादवले १५२५ मत प्राप्त गरकी छिन भने एमालेकी सोफिया आचार्यले १४१२ मत प्राप्त गरकी छिन ।

त्यसैगरी माओवादी केन्द्रकी उप-मेयर उम्मेदवार दुर्गा क्षेत्रीले ९३७ मत प्राप्त गरेकी छिन भने सुरु देखि अन्तिम स्थानमा रहेकी फोरम लोकतान्त्रिककी उम्मेदवार रिंकु यादवले ५५१ मत प्राप्त गरकी छिन ।

Back to top