×

वीरगन्ज, असोज ०५ – मंगलवार देउसो देखि सुरु भएको नेपालको सबैभन्दा कान्छो नगरपालिकाको रुपमा चिनिएको दुई नम्बर प्रदेशको एक मात्र महानगर वीरगन्ज महानगरपालिकाको मतगणनाको परिणाम आउने क्रम जारी रहेको छ ।

निर्वाचन आयोग वीरगन्जले बिहिवार बिहान २ बजे सम्म सार्वजनिक गरेको वीरगन्ज महानगरपालिकाको वडा नम्बर १, २, ३, ४, ५, ६, २८, २९, ३०, ३१ र ३२को लमसम साढ़े आठ हजार मतगणनाको परिणाम अनुसार राष्ट्रिय जनता पार्टीका मेयर उम्मेदवार राजेशमान सिंह २११८ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् भने उनलाई कडा प्रतिष्पर्धा दिंदै नेपाली कांग्रेसका मेयर उम्मेदवार अजय द्विवेदी २१०१ प्राप्त गर्दै मात्र १७ मतको अन्तरले पछाडी रहेका छन् ।

नेपाली कांग्रेसलाई पछ्याउदै संघीय समाजवादी फोरम नेपालको तर्फाबाट मेयर उम्मेदवार विजय कुमार सरावगी १३७३ मत प्राप्त गर्दै लगभग ७०० मतको ठुलो अन्तरालले तेश्रो स्थानमा रहेका छन् । माओवादी केन्द्रका रह्बर अन्सारी ११२८ मत प्राप्त गर्दै फोरमका उम्मेदवार सरावगीलाई तिब्र प्रतिष्पर्धा दिंदै चौथो स्थानमा रहेका छन् । सरावगी र रह्बरको मतान्तर केवल २४५ मतको रहेको छ ।

त्यसैगरी नेकपा एमालेका उम्मेदवार बस्रुद्दीन अन्सारी र फोरम लोकतान्त्रिकका उम्मेदवार विमल श्रीवास्तव विच पाँचौ स्थानको लागी प्रतिष्पर्धा जारी रहेको छ । अन्सारीले ९१३ मत प्राप्त गरेका छन् भने श्रीवास्तवले ६६९ मत प्राप्त गरेका छन् । दुवैको मतान्तर केवल २२४ मतको रहेको छ ।

उप-मेयरमा नेपाली कांग्रेसकी शान्ति कार्कीले २३४१ मत प्राप्त गर्दै अग्रता लिएकी छिन भने राजपाकी उप-मेयर उम्मेदवार १९७९ मत प्राप्त गर्दै तेश्रो स्थानमा रहेकी छिन । संघीय समाजवादी फोरम नेपालको उप-मेयरको उम्मेदवार पिंकी देवी यादव १०७३, माओवादी केन्द्रकी उम्मेदवार दुर्गा क्षेत्री ८६८, नेकपा एमालेकी मेयर उम्मेदवार सोफिया आचार्य र फोरम लोकतान्त्रिककी उप-मेयर उम्मेदवार रिंकु यादव ५२१/५२१ मत प्राप्त गर्दै तेश्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् ।

Back to top