×

वीरगन्ज, असोज ०४ - पर्सा जिल्लाको धोवीनी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालले विजयी सुरुवात गरेको छ । धोवीनी गाउँपालिकाको वडा नम्बर १ मा आफ्नो मुख्य प्रतिश्प्रधी नेपाली कांग्रेसलाई २७६ मतले पछाडी पर्दै संघिय समाजवादी फोरम नेपालको प्यानालाई विजयी भएको हो ।

धोवीनी गाउँपालिकाको वडा नब्मर १ मा फोरम नेपालको तर्फाबाट वडा अध्यक्ष पदका उम्मेदवार नन्दलाल कुर्मी ५०० मत प्राप्त गर्दै आफ्नो पुरै प्यानल सहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ । कुर्मीको प्रमुख प्रतिश्प्रधि नेपाली कांग्रेसले २२४ मत प्राप्त गरेको छ भने १६५ मतका साथ् राष्ट्रिय जनता पार्टी तेश्रो स्थानमा रहेको छ ।

Back to top