×

वीरगन्ज, असोज ०४ - पर्सा जिल्लाको जीराभवानी गाउँपालिकामा नेपाली कांग्रेसले आग्रता पाएको छ । हिजो दिउसोबाट सुरु भएको मतगणनाको ताजा परिणाम अनुसार नेपाली कांग्रेसले अध्यक्ष पदमा ३८० मत र उपाध्यक्ष पदमा ३७२ मत प्राप्त गर्दै पहिलो स्थानमा आआफ्नो कब्जा जमाएको छ ।

त्यसैगरि कांग्रेसलाई पछ्याउदै राष्ट्रिय जनता पार्टी (राजपा) दोश्रो स्थानमा रहेको छ । राजपाको तर्फाबाट अध्यक्षले १८२ र उपाध्यक्षले १९९ मत प्राप्त गरेका छन् भने फोरम लोकतान्त्रिक अध्यक्षमा १३० र उपाध्यक्षमा मात्रै २९ मत प्राप्त गर्दै अध्यक्षमा तेश्रो र उपाध्यक्षमा चौथो स्थानमा रहेको छ ।

अर्कोतिर नेकपा एमाले अध्यक्षमा १२३ मत र उपाध्यक्षमा ८९ मत प्राप्त गर्दै चौथो स्थानमा रहेको छ भने माओवादी केन्द्र थोरै मतका साथ् अन्तिम स्थानमा रहेको छ । माओवादी केन्द्रले अध्यक्षमा २० र उपाध्यक्षमा २४ मत प्राप्त गर्दै अन्तिम स्थानमा रहेको छ । अहिले सम्म भएको १ हजार मतगणनामा २९ मत बदर भएको निर्वाचन आयोगले जानाएको छ ।

Back to top