×

वीरगन्ज, असोज ०४ - मंगलवार देखि सुरु भएको प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनको मतगणना दोश्रो दिन पानी जारी रहेको छ । उक्त प्रदेशमा पर्ने पर्सा जिल्लामा रहेको १४ स्थानीय तहको मतपरिणाम आउने क्रम जारी रहेको छ ।

त्यसैक्रममा निर्वाचन आयोगले पर्साको जगरनाथपुर गाउँपालिकाको वडा नम्बर १, २ र ३को ताजा मतपरिणाम सरवाजनिक गरेको छ । निर्वाचन आयोगका मेसु सुमन ढकालले उपलब्ध गराएको मतगणनाको ताजा विवरण अनुसार जगरनाथपुरमा संघिय समाजवादी फोरम नेपाल प्रमुखमा १४९३ र उप-प्रमुखमा १६७३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । फोरम नेपालको निकटम प्रतिष्पर्धी माओवादी केन्द्रले प्रमुख पदमा १३६९ र उप-प्रमुख पदमा ६७३ मत प्राप्त गर्दै दोश्रो स्थानमा आफ्नो स्थान बनाएको छ ।

त्यसैगरी प्रमुखमा ८४८ र उप-प्रमुखमा ६८७ मत प्राप्त गर्दै नेपाली कांग्रेस तेश्रो स्थानमा रहेको छ भने प्रमुखमा ४८५ र उप-प्रमुखमा ६९७ मत सहित राष्ट्रिय जनता पार्टी चौथो स्थानमा रहेको छ । अर्कोतीर प्रमुखमा ४५४ र उप-प्रमुखमा ४९९ मत प्राप्त गर्दै नेकपा एमाले अन्तिम स्थानमा रहेको छ ।

त्यसैगरी फोरम नेपालले जगरनाथपुर गाउँपालिकाको वडा नम्बर २ र ३ मा सानदार विजयी हासिल गरेको छ । वडा नम्बर २ मा फोरम नेपालको तर्फाबाट वडाध्यक्ष पदका उम्मेदवार प्रभु प्रसाद कुर्मीले ५१५ मत प्राप्त गर्दै विजय हासिल गर्नु भएको छ भने वडा नम्बर ३ मा नगिना राउत अहिरले ४५८ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । कुर्मीका निकटम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेदवार नेपाली प्रसाद कुसवाहाले ४३९ मत प्राप्त गरेका थिए भने अहिरका निकटम प्रतिष्पर्धी माओवादी केन्द्रका मदिस मिया गद्दीले ३७४ मत प्राप्त गरेको निर्वाचन कार्यालयका मेसु सुमन ढकालले जानकारी दिए । ढकालले वडा नम्बर १ को नतिजा पानी छिट्टै प्रकाशित हुने र अब वडा नम्बर ४ को मतगणन सुरु हुने बताएका थिए ।

 

Back to top