लियो क्लब द्वारा सरसफाई

478

वीरगन्ज, असोज ०४ – लियो क्लब अफ वीरगन्ज सेन्ट्रल सिटिले मोदी इन्स्टीटुटको संयुक्त आयोजनामा आज वीरगन्जको गहवामाई मन्दिरमा सरसफाई गरेको छ ।

लियो क्लबका एरिया संयोजक हिमान्सु वर्णवालको अध्यक्षतामा आयोजना भएको कार्यक्रममा क्लब र मोदी इन्स्टीटुट सदस्यहरुले जनचेतनाको लागि सरसफाई गरेका थिए । वीरगन्ज महानगरपालिकालाई सरसफाईको मामिला नौमना नगरपालिका बनाउने उदेश्यका साथ् क्लबले सरसफाई कार्यक्रम आयोजना गरेको क्लबका पुर्व अध्यक्ष शासिकांत सर्राफले बताए ।

“गहवामाई मन्दिर हाम्रो धरोहर हो, यसलाई सफा राख्नु सम्पूर्ण नगरवासीको कर्तव्यहो, हामीले मन्दिर जस्तो पवित्र स्थलमा पनि फोहर नहोस भन्ने उदेश्यले आजको सरसफाई कार्यक्रम आयोजना गरेका छौं,” क्लबका अध्यक्ष किशन रौनियारले भने ।

क्लबले पहिला पनि वीरगन्ज र वरिपरिका क्षेत्रहरुमा यस्ता सामाजिक क्रियाकलाप गर्दै आएको छ । समाजमा र युवा वर्गमा सकारात्मक परिवर्तन ल्याउने क्लबको उदेश्य रहेको क्लबका सदस्य सन्दिप कुमार पण्डितले बताए ।