पर्सागढ़ीमा एमाले अगाडि, २ वडामा कांग्रेस विजयी

613

वीरगन्ज, असोज ०४ – पर्सा जिल्लाको पर्सागढ़ी नगरपालिकामा मतगणनाको दोश्रो दिन नेकपा एमालेले अग्रता लिएको छ । पर्सागढ़ी निर्वाचन आयोगले सार्वजनिक गरेकोको ताजा मतपरिणाम अनुसार नेकपा एमाले तर्फाबाट मेयर (नगर प्रमुख) पदमा ९१५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेका छन् ।

नेकपा एमालेलाई पछ्याउदै नेपाली कांग्रेस दोश्रो स्थानमा रहेको छ । नेपाली कांग्रेस मेयर पदमा ७५० मत प्राप्त गर्दै दोश्रो स्थानमा रहेको छ भने मेयरमा ४१८ मत प्राप्त गर्दै संघीय समाजवादी फोरम नेपाल तेश्रो स्थानमा रहेको छ । त्यसैगरि मेयर पदमा माओवादी केन्द्र ४१८ मतको साथ् चौथो स्थानमा रहेको छ ।

पर्सागढ़ी नगरपालिकामा उप-मेयरमा भने नेपाली कांग्रेस अगाडि रहेको छ । ९४० मत प्राप्त गर्दै उप-मेयरमा नेपाली कांग्रेस पहिलो बनेको छ भने ८४० मत प्राप्त गर्दै नेकपा एमाले दोश्रो बनेको छ । त्यसैगरी २२६ मतका साथ् फोरम नेपाल तेश्रो छ भने फोरमलाई कडा प्रतिष्पर्धा दिंदै ८ मतले २१८ मतका साथ् माओवादी केन्द्र चौथो स्थानमा रहेको छ ।

अर्कोतिर पर्सागढ़ी नगरपालिकाको वडा नम्बर १ र २ मा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ ।