दिउँसो सम्म राजपा अगाडि, कांग्रेसले मतान्तर घटायो

1910

वीरगन्ज, असोज ०४ – बुधवार दोश्रो दिन पनि जारी रहेको वीरगन्ज महानगरपालिकाको तेश्रो स्थानीय तहको निर्वाचनको मतगणनको ताजा परिमाण सार्वजनिक हुँदै राष्ट्रिय जनता पार्टी (राजपा)को अग्रता कायमै रहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय वीरगन्जले सार्वजनिक गरेको ताजा मतगणनाको विवरण वीरगन्ज महानगरपालिकाको वडा नब्मर १, २, ३, ३०, ३१ र ३२ को जारी रहेको मतगणन अनुसार राष्ट्रिय जनता पार्टी (राजपा) प्रमुख पदमा १४०२ र उप-प्रमुख पदमा १३७७ मत प्राप्त गर्दै सबै भन्दा अगाडि रहेको छ ।


त्यसैगरी नेपाली कांग्रेसले आफ्नो मतान्तर घटाउदै प्रमुख पदमा १२०० र उप-प्रमुख पदमा १२८२ मत प्राप्त गरी दोश्रो स्थान कायम राखेक छ । राजपा र नेपाली कांग्रेसलाई पछ्याउदै संघीय समाजवादी फोरम नेपालको मतान्तर बढेको छ, फोरम नेपालले प्रमुखमा ६६ र उप-प्रमुखमा ६५८ मत प्राप्त गरेको छ भने फोरम नेपाललाई तिव्र प्रतिष्पर्धा दिंदै माओवादी केन्द्रले प्रमुखमा ५५९ र उप-प्रमुखमा ५८४ मत हासिल गरेको छ ।

यसिगारी नेकपा एमालेले प्रमुखमा ५०७ मत प्राप्त गरेको छ भने उप-प्रमुखमा ५८४ मत प्राप्त गरेको छ । सुरु देखि अन्तिम स्थानमा रहेको फोरम लोकतान्त्रिकले अहिले पनि प्रमुख पदमा ३७० र उप-प्रमुख पदमा ३०४ मत प्राप्त गर्दै अन्तिम स्थानमा रहेको छ ।


SHARE