जीतपुर सिमरा उपमहानगरमा कांग्रेसको विजयी सुरुवात, मेयरमा एमाले अग्रता कायमै

1013

बारा ३ असोज बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा काँग्रेसले बिजयी सुरुवात गरेको छ । नेपाली काँग्रेसका वडा नं.१ का अध्यक्ष उम्मेदवार हिराबहादुर गुरुङ्ग अध्यक्षमा विजयी भएका हुँन् ।

नेपाली काँग्रेसका हिराबहादुर गुरुङ्गले १ हजार ८४ मत प्राप्त गरेका छन् , भने उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका हिरा बस्नेतले ८ सय ४ मत प्राप्त गरे ।


यस्तै वडा नम्बर १ मा माओवादीका उम्मेदवार मिन प्रसाद आपाँगाईले ४ सय ८० र राप्रपाका अध्यक्ष उम्मेदवार केशव तिमल्सिनाले ९० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । जित घोषण भएसँगै नेपाली काँग्रेसले जीतपुरसिमरा १ मा विजय जुलुस निकालिएको छ ।

यस अघि सोमबार नगरका दुई वडामा नेकपा एमाले र माओवादी केन्द्रले जितेको छ । नगरको वडा नं.२४ मा नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार ईलिहाश देवान सहिँत पुरै प्यानल नै बिजयी भएका छन् भने नेकपा माओवादी केन्द्रले पनि नगरमा बिजयी सुरुवात गरिसकेको छ ।

माओवादी केन्द्रको नगरको वडा नं.२३ मा अध्यक्ष उम्मेदवार अस्लम देवान सहिँत पुरै प्यानल नैं बिजयी भएका हुन् ।

यसैगरी नगरको प्रमुख पदको उम्मेदवारमा भने एमालेका उम्मेदवार डा.कृष्ण पौडेल निरन्तर अग्रस्थानमा छन् ।

पछिल्लो मत गणना अनुसार नगरको जम्मा ४४ हजार ८ सय १७ खसेको मत मध्ये ७ हजार ७ सय ८७ मत गणना हुँदा एमाले करिब ७ सय मत अन्तरले अगाडी देखिएको छ , भने माओवादी र काँग्रेस बराबरीमा पछ्याई रहेका छन् ।

जिल्लाको दुई उपमहानगरपालीका सहिँत अन्य नगर र गाउँपालीकाको प्रारम्भिक मत परिणाम आउँन थालेको छ ।


SHARE