कांग्रेसलाई ३ हजार मतले पछाडी पार्दै, जनकपुरमा राजपाको अग्राता

341

जनकपुरधाम, असोज ०४ – दुई नम्बर प्रदेशमा मंगलवार देखि सुरु भएको तेश्रो स्थानीय तहको निर्वाचनको मत गन्ने क्रम जारि रहेको छ । प्रदेश नम्बर २ को १ सय ३६ स्थानीय तहमा शोमवार भएको स्थानीय तहको मतपरिणाम आउन थालेको छ ।

मतपरिणाम आउने क्रममा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीले ठुलो छलाङ्ग मार्दै ३ हजार मतले अग्रता लिएको छ ।


धनुषाको प्रमुख निर्वाचन अधिकृतिको कार्यालयले उपलब्ध गराएको पछिल्लो मतपरिणाको जानकारी अनुसार, राजपाका मेयर उम्मेदवार लालकिशोर साहले ४७७९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले १८५६ मत पाएका छन् ।

उपमेयरमा पनि राजपाकी रिता झाको अग्रता यथावत छ । उनलाई कांग्रेस उम्मेदवारले पछ्याइरहेका छन् । जनकपुर ३ को वडाध्यक्षमा राजपाका जितेन्द्र साह विजयी भएका छन् ।


SHARE