पर्सामा एक नगरपालीका ६ वटा गाऊँपालीकामा मतगणना शुरु,पटेरवा सुगैलीमा वडा अध्यक्षमा एमाले विजयी

2064

वीरगन्ज ३ असोज पर्सा जिल्लाको ७ वटा स्थानीय तहमा मतगणना शुरु भएको प्रमुख निर्वाचन कार्यलयले जनाएको छ ।पर्सा जिल्लाको १ महानगरपालिका ३ नगरपालिका र १० गाऊँपालिका मध्ये पर्सा गढी नगरपालिका गरि ६ वटा गाऊँपालिकामा शुरु भएको निर्वाचन कार्यालयले जनाएको छ । पर्साको पटेरवा सुगैलीमा वडा नं. १ बाट वडा अध्यक्षमा एमाले विजयी एमाले ४७६ काग्रेस ३१५ गाऊँपालीका अन्तर्गत ठोरी गाऊँपालिकामा एमालेले १ सय ३१, माओवादी १ सय ३० र काग्रेंसले १ सय २७ मत ल्याएको छ । भने अझै मतगणना जारी छ । यसैगरी पटेर्वा सुगौली गाऊँपालिकामा एमाले २२९ नेपाली काग्रेस १५७ र नेपाली जनता दलले १३६ ल्याएको छ । भने अझै मतगणना जारी रहेको छ । बाकीँ रहेको गाऊँपालीकाहरुको मतगणना भर्खरै शुरु भएकाले मत परणामा आउन नसकेको जनाएको छ । यसैगरी पर्सा जिल्लाको एक महानगरपालीका २ नगरपालीका र ४ वटा गाऊँपालीकामा दलका प्रतिनिधिहरु आउन नसकेकाले मतगणना शुरु हुन नसकेको निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृत विष्णु सुवेदीले बताए ।


SHARE