वीरगन्ज, असोज ०३ – प्रदेश नम्बर २ को एक मात्रै नगरपालिकाको तेश्रो स्थानीय तहको निर्वाचनको मतपरिणाम आउन सुरु भएको छ । वीरगन्ज महानगरपालिकाको वडा नम्बर ३२ को पहिलो मतपरिणाम सार्वजनिक भएको छ । पहिलो मतपरिणाम अनुसार राष्ट्रिय जनता पार्टी पहिलो स्थानमा रहेको छ ।
निर्वाचन आयोजले सार्वजनिक गरेको पहिलो १०० मतपरिणाम अनुसार राजपाले मेयर (प्रमुख) पदमा ५५ मत प्राप्त गर्दै पहिलो स्थानमा कब्जा जमाएको छ । नेपाली कांग्रेस प्रमुख पदमा १३ मत प्राप्त गर्दै दोश्रो स्थानमा रहेको छ भने फोरम लोकतान्त्रिक ११ मत प्राप्त गर्दै तेश्रो स्थानमा रहेको छ । त्यसैगरी ७ मत प्राप्त गर्दै चौथो स्थानमा छ भने ४/४ मत प्राप्त गर्दै संघिय समाजवादी फोरम नेपाल र नेकपा एमाले पाचौं स्थानमा रहेका छन् ।
उप-मेयर (उप-प्रमुख) पदमा पनि ६० मत प्राप्त गर्दै राष्ट्रिय जनता पार्टी पहिलो स्थानमा रहेको छ । १३ मत प्राप्त गर्दै नेपाली कांग्रेस दोश्रो, ८ मत प्राप्त गर्दै माओवादी केन्द्र तेश्रो, ६ मत प्राप्त गर्दै फोरम लोकतान्त्रिक चौथो, ४/४ मतका साथ् नेकपा एमाले र फोरम नेपाल पाँचौ स्थानमा रहेका छन् ।
ताज मतपरिणामहरु केहि यस्ता छन्;
नेपाली कांग्रेस
प्रमुख १३
उप प्रमुख १३
वडा अध्यक्ष ११
नेकपा एमाले
प्रमुख ४
उप प्रमुख ५
वडा अध्यक्ष २३
माओबादि केन्द्र
प्रमुख ७
उप प्रमुख ८
वडा अध्यक्ष ८
संघीय समाजवादी फोरम नेपाल
प्रमुख ४
उप प्रमुख २
वडा अध्यक्ष २
राजपा नेपाल
प्रमुख ५५
उप प्रमुख ६०
वडा अध्यक्ष ६९
फोरम लोकतान्त्रिक
प्रमुख ११
उप प्रमुख ६
वडा अध्यक्ष १