×

वीरगन्ज, असोज ०४ - मंगलवार दिउँसो २ बजे देखि सुरु भएको वीरगन्ज महानगरपालिकाको मतगणना राति १२ बजे सम्म जारि रहेको छ । मध्यरात सम्म मतगणनाको नतिजा अनुसार नेपाली कांग्रेसले राष्ट्रिय जनता पार्टीलाई पछाडी पर्दै पहिलो स्थानमा आफ्नो कब्जा जमाएको छ ।

निर्वाचन कार्यालयले सार्वजनिक गरेको ताजा मतपरिणामका अनुसार नेपाली कांग्रेसको तर्फाबाट मेयर पदका उम्मेदवार अजय द्विवेदी ४४६ र उप-मेयर उम्मेदवार शान्ति कार्कीले ४२५ मत प्राप्त गर्दै पहिलो स्थानमा आफ्नो कब्जा जमाएका छन् । नेपाली कांग्रेसलाई पछ्याउदै मध्यराति सम्म पहिलो स्थानमा रहेका राष्ट्रिय जनता पार्टीका मेयर उम्मेदवार राजेशमान सिंह ३८० र उप-मेयरको उम्मेदवार रम्भा मिश्रा ३७१ मत प्राप्त गर्दै अहिले दोश्रो स्थानमा झरेका छन् ।

त्यसैगरि संघिय समाजवादी फोरम नेपाल अहिले पानी तेश्रो स्थानमा रहेको छ । फोरम नेपालको तर्फाबाट मेयर उम्मेदवार विजय कुमार सरावगीले २४३ मत प्राप्त गरेका छन् भने उप-मेयर उम्मेदवार पिंकी यादवले २४४ मत प्राप्त गरेकी छिन । अर्कोतिर माओवादी केन्द्रका युवा उम्मेदवार रह्बर अन्सारी १७६ र उप-मेयर उम्मेदवार दुर्गा क्षेत्री १६४ मत प्राप्त गर्दै चौथो स्थानमा पुगेका छन् ।

फोरम लोकतान्त्रिकको तर्फाबाट मेयर उम्मेदवार विमल श्रीवास्तव १२० मत, उप-मेयर उम्मेदवार रिंकु यादव ९३ मत र नेकपा एमालेका मेयर उम्मेदवार बस्रुद्दीन अन्सारी ८८ मत र उप-मेयर उम्मेदवार सोफिया आचार्य ९६ मत प्राप्त गर्दै पाँचौ र छैठो स्थानमा रहेका छन् ।

प्रदेश २ को एकमात्र महानगर वीरगन्जमा कूल १ लाख ८ हजार ५०१ मतदाता रहेकोमा ८४ हजारको हाराहारीमा मत खसेको छ। मतगणना अहिले पानी जारि रहेको निर्वाचन आयोगले जनाएको छ । बिहान साढे ११ बजे सुरु हुने भनिएको मतगणना सिसि टिवी क्यामेरा जडान नभएकोले दिउसो ३ बजे देखि सुरु भएको थियो ।

Back to top