मधेसमा आज कालो दिवस मनाइने

1480

वीरगन्ज, असोज ३ – मधेश बिरोधी संबिधान असोज तीनमा जारी भएको भन्दै मधेशीहरूले आज कालो दिनको रूपमा मनाउदै छन् ।

हाल्लसम्म मधेशले स्वीकार गर्न नसकेको संबिधान मधेशीमाथि थोपर्न खोजेको भन्दै बिभिन्न समयमा बिरोध हुंदै आएको छ ।


काठमाण्डुसहित मधेशका जिल्लाहरू र भारतमा बस्दै आएका मधेशीहरूले पनि कालो दिबस मनाउदै छन् । अधिकांस स्थानमा संबिधान पनि जलाउने तयारी रहेको देखिन्छ ।

यूनाइटेड मधेशिस दिल्लीले आसोज 3 लाई कालो दिवसको रूपमा मनाउने घोषणा गरेको छ। आसोज 3 अर्थात 19 सेप्टेम्बरको भारतको नयां दिल्लीस्थित जंतरमंतरमा काला दिवस घोषणा र बिरोध कार्यक्रमको आयोजना गरिएको छ /

यता तराई मधेस राष्ट्रिय परिषद (TMNC) ले मधेशका जिल्लाहरूमा कालो दिवस मनाउदैछ ।

परिषदले मधेशका सबै जिल्लाको विभिन्न स्थानहरुमा र सिरहाको गोलबजार र लहानको शान्तिपूर्ण विरोध सभामा SYN सहभागी हुनेछ ।


SHARE