बारामा बिहान साढे पाँच बजेबाट मतगणना सुरु

551

बारा  ३   असाेज वाराका १६ स्थानीय तह मध्ये तीन तहको मतगणना सुरु भएको छ । दुई उपमहानगर, पाँच नगरपालिका र नौ गाउँपालिका रहेको वाराको तीन तहको बिहान साढे पाँच बजेबाट मतगणना सुरु भएकोअसाेज जितपुर सिमरा उपमहानगर, सिम्रौनगढ नगरपालिका,फेटा गाउँपालिका सुरु भएको छ । राति अबेरसम्म मतपेटिका संकलन गर्ने कार्य सकिएपनि सर्वदलीय बैठक भएका कारण बस्न ढिलाइ भएका कारण बिहानबाट मात्रै मतगणना सुरु भएको हो, जितपुर सिमरामा रातभरी बैठक बसेर ५ बजे मात्रै सहमति भई साढे पाँच बजेदेखि मतगणना सुरु गरिएको वाराका प्रजिअ विजय नारायण मानन्धर बताए । अन्य स्थानको पनि सर्वदलीय बैठक बसी मतगणना सुरु गर्ने तयारी भइरहेको प्रजिअ मानन्धरले जानकारी दिए ।  वारा जिल्लामा कूल ३३४७४६ मतदाता रहेकोमा ७५ प्रतिशत मत खसेको छ ।