पोखरिया नगरपालिकामा फोरम नेपालको अग्रता कायमै

6903

वीरगन्ज, असोज ३ – पर्सा जिल्लाको पोखरिया नगरपालिकाको मतपरिणाम आउने क्रम जारि रहेको छ । ताजा प्राप्त मतपरिणाम अनुसार संघीय समाजवादी फोरम नेपालले पोखरिया नगरपालिकामा आफ्नो अग्रता कायमै राखेको छ ।

हाल सम्म १३ सय ३७ मतगणना हुँदा फोरम नेपाल प्रमुख पदमा ५६० मत र उप-प्रमुख पदमा ४३८ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । प्रमुखमा २४५ मत र उप-प्रमुखमा २८१ मत प्राप्त गर्दै जनता दल दोश्रो स्थानमा रहेको छ भने प्रमुखमा ७२ र उप-प्रमुखमा ५० मत प्राप्त गर्दै नेपाली कांग्रेस तेश्रो स्थानमा रहेको छ । त्यसैगरी प्रमुखमा ४१ र उप-प्रमुखमा ३२ मत प्राप्त गर्दै नेकपा एमाले अन्तिम स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ ।


SHARE