×

वीरगन्ज १ असाेज संघीय समाजवादी फोरम नेपालको तर्फबाट वीरगन्जमा मेयरका उम्मेदवार रहेका समाजिक ब्यक्तित्व विजय सरावगीलाई बद्नाम गर्ने नियतले काल्पनिक, मनगढन्त र तथ्यहीन समाचार चुनाव आचारसंहीताको धज्जी उडाउदै पर्दाफास दैनिक र केही अनलाइनहरुले प्रकाशन गरेकोमा संघिय समाजवादी फोरम नेपालले एक विज्ञप्ती प्रकाशित गरी गम्भीर ध्यानाकर्षण भएको जनाएकोछ ।

मौन अवधिमा निर्वाचनको नतिजामा असर पार्ने दुषित नियतले पत्रिका र अनलाइन संचारमाध्यम प्रयोग भइरह्दा निर्वाचन आयोग र त्यसको सुक्ष्म अनुगमन टोली लगायत सरकारी संयन्त्र मुकदर्शक बनेकोमा हामीलाई दुख लागेको छ विज्ञप्तीमा भनिएकोछ ।

आचारसंहीताको मर्दन गर्दै त्यसता तथ्यहीन समाचार प्रवाह गरी देशको लोकतन्त्रमा प्रहार गर्ने र निर्वाचनको संहीतालाई ठाडो उल्लंघन गर्ने गलत तत्वलाई नियन्त्रणमा लिई कारवाही गर्न हामी निर्वाचन आयोग, स्थानीय प्रसाशन, सूरक्षा निकायलाई आग्रह गर्दछौं विज्ञप्तीमा भनिएकोछ ।

फोरम नेपालका उमेदवारको बढ्दो लोकप्रीयता उच्च तहमा पुगेकको बेला निर्वाचनको मौनअवधीमा यस्तो समाचार ल्याउनुमा विपक्षीपार्टीबाट परिचालन भई गम्भीर षडयन्त्र स्वरुप पत्रकारिताको चरम दुरुपयोग गरिएको फोरम नेपालले आरोप लगाएकोछ ।

गलत प्रचारवाजीको डटेर सामना गर्न र गलत सामग्री वा निर्वाचन आचारसंहीता बिपरित छापिएको पत्रिका बाड्दै कोही फेला परेमा समातेर प्रहरीको जिम्मा लगाउन स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुहरुलाई अह्वान गरेकोछ ।

साँथै यस्तो गतिबिधीमा तत्काल अंकुश लगाउन चिर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रसाशन कार्यालय र अनुगमनकर्ताहरुसंग माग गरिएकोछ ।

Back to top