मेयरमा जित्ने उम्मेदवार विजय सरावगीको चौतर्फी स्वागत

15371

वीरगन्ज १ असाेज  वीरगंज महानगरमा मेयरमा जित्ने उम्मेदवारको रुपमा विजय सरावगीको चौतर्फी स्वागत भइरहेको छ । आज बिहान बिभिन्न वडामा मतदाताहरुसंग भलाकुसारी गर्न पुगेका सरावगीलाई भेंट्न ठाउँ ठाउँमा स्थानीयको भिड उर्लिएको थियो । आचारसंहीता बिपरित र झुठा समाचारहरु संचार पत्रिका र केही अनलाईनमार्फत प्रसारित भइरहेकोमा निर्वाचन आयोगले कारवाही नगरेको भन्दै सरावगीका समर्थकहरुले आक्रोश ब्यक्त गरेका छन् । उनले आफ्ना समर्थकहरुलाई धैर्य नगुमाउन र आफ्नो तर्फबाट आचारसंहीता बिपरित कुनै गतिबिधिी हुन नदिन सचेत गराए । आचारसंहीता बिपरित गतिबिधी देखीएमा निर्वाचन अधिकृतको कार्यालय र नजिकको प्रहरी इकाईमा जानकारी गराउन उनले अनुरोध गरे । यता आचारसंहीता उलंघनको लागि केन्द्रबाट खटेर आएको टोलीले मोबाइल स्विच अफ गरेर बसेकोमा आम मानिसमा गुनासो गर्न खोज्नेहरु आफ्ना कुरा पुर्यान सकेका छैनन् । उम्मेदवारलार्इृ बद्नाम गराउने नियतले केही पत्रिकाले प्रवाह गरेको गलत समाचारले प्रभाव पार्न खोजिए पनि त्यो असफल भएको स्थानीयले बताए ।

Comments

comments