अन्सारी जो आफ्नै जात जमातको भएनन – तबरेज अहमद

6419
दुई दशक अगाडीको कुरा हो, वीरगन्जसंगै मध्य तराईका जिल्लाका मुस्लिम समुदायको साझा धरोहर बन्न अग्रसर थियो महान ‘मुस्लिम वेल फेयर सोसाइटी’ । वीरगन्जमा एउटा मेडिकल कलेज स्थापना गरेर गरीब मुस्लिम र अन्य समुदायका जेहेन्दार विद्यार्थीहरुलाई डाक्टर बनाउने सपना उतिबेला सोसाइटीका संस्थापक मुस्लिम अगुवाहरुले देखेका थिए । त्यो सपना पुरा हुने दिन पनि आयो । तत्कालीन प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले मुस्लिम वेल फेयर सोसाइटीले मेडिकल कलेज स्थापनाका लागि थालेको प्रयासको स्वागत गर्दै मुस्लिम समुदाय मात्रै न भइ वीरगन्ज कै साझा धरोहरको रुपमा मेडिकल कलेजको प्रस्तावलाई स्वीकृति प्रदान गरेपछि मुस्लिम अगुवाहरुले खुसियाली मनाएका थिए ।
खुसीयाली भने टिक्न सकेन । सोसाइटीका महामन्त्री रहेका डाक्टर जैनुदीन अन्सारी सम्बन्धीत क्षेत्रका जानकार रहेकाले उनलाई ‘इश्लामयिा मेडिकल कलेज’ संचालक समितिको अध्यक्ष बनाएर सोसाइटीले कम्पनी रजिष्टारको कार्यालयमा कम्पनि दर्ता गराउने जिम्मा दिएको थियो । त्यही निर बसरुदीन अन्सारी लगायता भइभरदारहरुले षडयन्त्र गर्न मौका पाइहाले । मुस्लिम समुदायको साझा धरोहर खडा हुन सकेन । ब्यक्तिगत र पारिवारिक सम्पतिको रुपमा खडा भयो नेशनल मेडिकल कलेज ।
मुस्लिम वेलफेयर सोसाइटीले आदालतमा मुद्दा हाल्यो । मुद्दा लामो चल्यो । तर, झुक्याइएर वेलफेयरको अध्यक्ष र पदाधिकारीहरुको षडयन्त्रपुर्वक सही छाप गराएर राखिएको कागजात समस्त मुस्लिम समुदायको भावना, आकाँक्षा र शुभेच्छालाई तुहाउने काम गर्यो । उतिबेला ‘कौम का गद्दार’ भनेर चिनिएका अन्सारीको उक्त षडयन्त्रको पर्दा पछाडीका मुख्य पात्र बसरुदीन अन्सारी यतिखेर वीरगन्जको मस्लिम भोट आफुले पाउने भन्ने गलत तथ्य देखाई नेकपा एमालेबाट वीरगन्ज महानगरपालिकाको मेयरको टिकट लिन सफल भए । प्रश्न यो छ, के यहाँका मुस्लिम समुदायसंग अन्सारीले गरेको प्रतिघात हामीले बिर्सिहाल्ने ?
‘कदापी होइन, हामी बिर्सन सक्ने खालको घात हाइन त्यो, उनीहरुले महामन्त्री जस्तो जिम्मेवारी लिएर पनि धोका गरे, त्यो धाखेबाजी मुस्लिम वेल फेयर सोसाइटीसंग मात्र नभई समस्त वीरगन्ज क्षेत्रका मुस्लिम समुदायसंगको धोखाबाजी हो,’ मुस्लिम वेल फेयर सोसाइटीका अध्यक्ष नसिम अन्सारीले ले भने, ‘जात धर्मको जति कुरा गरे पनि मुस्लिम समुदाय पत्याउनेवाला छैन् ।’
त्यसैले  जसले जे गरेपनि अबको समय जातपात भन्दापनि व्यक्तिको चरित्रको जनतामा मतजाने छ ।सवैले चिनिसकेका छन् कसको कस्तो चरित्र र उदेश्य रहेको छ ,यस समाजमा । अब आउने २ गतेको चुनावले पनि त्यो प्रमाणित निश्चय नै गर्ने छ

 

Comments

comments