×

वीरगन्ज ३० भाद्र संघीय समाजवादी फोरम नेपालको तर्फाबाट वीरगंज महानगरपालिकाको मेयर पदका उम्मेदवार विजय कुमार सरावगीले नगरमा शिक्षा र स्वास्थ्य उच्चतम गुणस्तरको व्यवस्था गराइने बताउनु भएको छ । सरावगीले फोरम नेपालले नगरमा हरेक बालिबालिकालाई अंग्रेजी माध्यमबाट उच्च गुणस्तरको डिजिटल प्राविधिक शिक्षा प्रदान गरिने बताउनु भएको छ । विहिवार वीरगन्ज महानगरपालिकाको वडा नम्बर १५ को भेडिआहिमा फोरम नेपाल प्रचार प्रसार समितिले आयोजना गरेको रात्रि सभालाई सम्बोधन गर्दै मेयर उम्मेदवार सरावगीले यस्तो भन्नुभएको हो ।

फोरम नेपालको तर्फाबाट वडा नम्बर १५ को वडा अध्यक्ष पदका उम्मेदवार अजय साह (सोनार)को अध्यक्षता तथा मेयर उम्मेदवार विजय कुमार सरावगीको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा सरावगीले ‘स्लेट टु स्लाइड’ अभियान अन्तर्गत महानगरमा पर्ने प्रत्येक स्कुलमा आधुनिक प्रबिधि जडान गरी ‘डिजिटल’ प्रबिधिबाट आधुनिक तथा उपयोगी शिक्षा प्रदान गरिने र आजको युगसंग प्रतिस्पर्धा गर्नको लागि प्रत्येक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्ने ब्यवस्था गरिने बताउनु भएको थियो । "हाम्रो पार्टीको विजय पश्चात् नगर परिषद्को पहिलो बैठकबाट नै यसको कार्यन्वयनको लागि निर्णय गर्ने छ र वीरगन्ज महानगरपालिकामा पछि गाभिएका वडाहरुको लागि ५ वटा मदर कलेजको निर्माण गरिनेछ, जहाँ ११ देखि स्नाकोतर सम्मको शिक्षा प्रदान गरिनेछ, उनले भन्नु भएको थियो ।

पार्टीका केन्द्रिय उपाध्यक्ष तथा सांसद लालबाबु राउत गद्धीको विशेष आतिथ्यमा आयोजना भएको कार्यक्रममा उप-मेयर पदको उम्मेदवार पिंकी यादवले आफ्नो प्रमुख अजेण्डा महिलाहरुको समावेशी विकास रहेको बताउनु भएको थियो । उनले महिला शिक्षाका लागि फोरम नेपाल संग "बचाइ बेटी पढाइ" सामाजिक अभियान जस्तो उत्कृष्ट योजना योजना रहेको बताउनु भएको थियो । उनले भनिन, "बेटी बचाइ बेटी पढाइ अभियान अन्तर्गत दलित, गरिब मुस्लिम, पिछडावर्ग तथा अल्पसंङ्ख्यक समुदायका बालिकाहरुलाई कक्षा १ देखि स्नातक सम्मको शिक्षा पुर्णरुपले निःशुल्क दिइनेछ र नगरभित्रका सामुदायिक विद्यालयलाई स्थानीय निकायको प्रत्यक्ष निगरानीमा राखी आवश्यक सहयोग प्रदान गरी गुणस्तरीय तथा ब्यवसायिक एवम् सीपमूलक शिक्षालाई निःशुल्क र सर्वसुलभ बनाइनेछ ।" त्यसै गरि गरिब तथा जेहेन्दार विद्यार्थीहरुका लागि छात्रबृतिको ब्यवस्था मिलाइने र नगरमा रहेका संस्थागत (निजी) विद्यालयलाई समेत निर्देशिका र नियममा आधारित शुल्कको दायराभित्र ल्याइनेछ र त्यहाँ पढ्ने गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृति प्रदान गरिेने बताउनु भएको थियो ।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष तथा सांसद लालबाबु राउत गद्धी, महिलाको केन्द्रिय सदस्य मिन्नी सिंह, नगर अध्यक्ष मुकेश द्विवेदी, युवा नेता तबरेज अहमद, नासिर खान, रोहित वर्णवाल लगयातले आफ्नो मतब्या व्यक्त गर्दै मशाल चिन्हमा मतदान गर्दै फोरम नेपालको सम्पूर्ण प्यानललाई विजय गराउन अनुरोध गर्नु भएको थियो ।

सयौंको उपस्तिथिमा आयोजना गरिएको कार्यक्रममा राष्ट्रिय यथार्थवादी पार्टी परित्याग गरि उर्मिला सिंह र सोभा देवीले पार्टी प्रवेश गर्नु भएको थियो । नवप्रवेशीहरुलाई उप-मेयर उम्मेदवार पिंकी यादव र मिन्नी सिंहले फुलमाला र अभिर लगाई पार्टी प्रवेश गराउनु भएको थियो भने वडाका जनताले मशाल छापमा मात्रै मतदान गर्ने प्रतिबद्धता व्यक्ति गर्दै, "मशाल छाप जिन्दावाद", "हाम्रो नेता कस्तो, विजय सरावगी जस्तो", "अबको विकास विजय सरावगीको साथ्" जस्ता नारा लगाएका थिए ।
Back to top