मधेसी जनताको भाषा, संस्कृति लगायतका अधिकार सुनिश्चित गर्न कांग्रेसलाई जिताउ – देउवा

698
k|d b]pjf r'gfjL ;efdf k|wfgdGqL Pj+ g]kfnL sfFu|];sf ;efklt z]/axfb'/ b]pjf jL/u~hsf] 306f3/df z'qmaf/ cfof]lht r'gfjL ;efnfO{ ;Daf]wg ug'{x'Fb} . tl:a/ M /f]zg ;fksf]6f, /f;;

वीरगन्ज ३० भदौ प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आसन्न दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनले मुलुकको लोकतन्त्र दिगो र स्थायी बनाउनमा दूरगामी प्रभाव पार्ने बताउँदै यसका लागि कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गरेका छन्।

वीरगञ्ज महानगरपालिका नेपाली कांग्रेस प्रचार समितिले शुक्रबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले मधेसी जनताको भाषा, संस्कृति लगायतका अधिकार सुनिश्चित गर्न पनि कांग्रेसले उक्त प्रदेशमा जीत्नु पर्नेमा जोड दिए।

२००७ सालको राणा विरोधी जनक्रान्तिको उद्गमस्थल वीरगञ्ज नै भएको उल्लेख गर्दै सभापति देउवाले भने, ‘चाहे सात सालको क्रान्ति होस् चाहे २०४६ को जनआन्दोलन अथवा ०६२। ०६३ को जनआन्दोलन यी सबै आन्दोलन कांग्रेसकै नेतृत्वमा सम्पन्न भएको थियो।’

कांग्रेसकै नेतृत्वमा जनता यो देशको सार्वभौमसत्ता सम्पन्न मालिक बनेको उल्लेख गर्दै देउवाले भने, ‘प्रजातन्त्र आएपछि विपी कोइराला मुर्दावाद र सुवर्ण शम्शेर मुर्दावाद भन्ने अधिकार जनताले पाएका हुन्। जनता मालिक भएर उनीहरले चाहे अनुसार सरकार बनाउन र बदल्ने अधिकार कांग्रेसले गरेकै आन्दोलन र क्रान्तिबाट सम्भव भएको हो।’

दुई नम्बर प्रदेशको चुनाव दूरगामी राजनीतिक भविश्यका लागि महत्वपूर्ण भएको दोहोर्याउँदै उनले भने, ‘यो प्रदेशका जनताको तागत ठूलो छ। हामीले यहाँका जनताको भावना कदर गर्दै तपाईहरुको माग सम्वोधन गर्न संविधानमा संशोधन गर्ने प्रयास गर्यौं, तर एमालेले समर्थनमा भोट नदिँदा दुई तिहाई मत पुग्न सकेन।’

कांग्रेस मधेसी जनतालाई अधिकार सम्पन्न बनाउन चाहने र एमाले मधेसी जनतालाई अधिकार दिन नचाहने विषय नै कांग्रेस र एमालेबीचको फरक भएको उल्लेख गर्दै देउवाले भने, ‘मधेसी जनताको भाषा, संस्कृति र अन्य अधिकार दिएर जनतालाई मालिक बनाउन चाहने कांग्रेसलाई मत दिने कि यसको विपक्षमा उभिएको एमालेलाई मत दिने?’

मुलुक अहिले संघीय ढाँचामा गएको उल्लेख गर्दै सभापति देउवाले सबै प्रदेशका जनताको चाहना बमोजिम उनीहरुको भाषा, संस्कृति र अन्य अधिकार सुनिश्चित गर्न पनि कांग्रेसले चुनावमा जीत्न आवश्यक रहेको बताए।

मधेसी दलको नाममा ६ जना नेता ६ तिर फर्किएर मधेसी जनताको हितमा कुनै काम गर्न नसक्ने उल्लेख गर्दै एमाले र कम्युनिष्टहरु प्रजातन्त्रवादी हुनै नसक्ने र उनीहरुले जनतालाई अधिकार दिएर मालिक बनाउन नचाहने भन्दै यसको विकल्प कांग्रेस मात्रै भएको उनले दाबी गरे।

वीरगञ्ज महानगरपालिका मधेसको मात्र नभई सिंगो मुलुककै लाइफलाइन भएको उल्लेख गर्दै आसन्न चुनावमा कांग्रेसबाट प्रमुख पदका प्रत्यासी अजय दुवेद्धी र उनको टिमलाई जिताउँन जनतासँग अनुरोध गर्दै भने, ‘वीरगन्ज नेपालको लाइफलाइन हो, यहाँको सम्पुर्ण विकास निर्माणमा हाम्रो साथ रहन्छ।’

पार्टी नेता विमलेन्द्र निधिले राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, समानुपातिक समावेशी प्रतिनिधित्वको सिद्धान्त, संघीयता र धर्मनिरपेक्षता जस्ता मूलभूत विषयमा कांग्रेसको बाहेक अन्य कुनै दलको विश्वास नभएको दाबी गर्दै यी उपलब्धिको रक्षाका लागि पनि कांग्रेसले जित्नु जरुरी भएको बताए।

मधेसी, आदिवासी जनजाति, थारु, मुस्लिम लगायतका जनताको अधिकार सुनिश्चित गर्न कांग्रेसले संविधान संशोधनको लागि पहल गर्दा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपा अध्यक्ष कमल थापासँग अनुचित साँठगाँठ गरी संशोधन प्रस्ताव असफल बनाएको आरोप उनले लगाए।

संविधान संशोधनको प्रस्ताव एक पटक फेल हुँदैमा यो एजेण्डा फेल नभएको बताउँदै उनले भने, ‘जनमत संग्रहमा बहुदल हारेपनि ०४६ सालमा पुनः पञ्चायत फालेर बहुदलीय प्रजातन्त्रले जिते जस्तै आगामी दिनमा संशोधन प्रस्ताव सदनबाट पारित गराउँछौं।’

यसका लागि आगामी संसदीय निर्वाचनमा दुई तिहाई मत कांग्रेसको पक्षमा पार्न पनि अहिलेको स्थानीय तह निर्वाचनमा जित्न आवश्यक भएको उनले बताए।

एमाले, राप्रपा र मधेसी दल लोकतन्त्र र विकास विरोधी भएको आरोप लगाउँदै उनले जनताको अधिकार र लोकतन्त्रको स्थायीत्वका लागि पनि कांग्रेसको विजय आवश्यक भएको बताए।

Comments

comments