वीरगंजको विकासका निम्ती विजय

1079
रोहित बर्नवाल

वीरगंज वीर शम्शेरले बसाएको वीरहरुको शहर अनी मुलकको प्रवेशद्धार र आर्थिक राजधानी । लोकतन्त्रकालागी भएका हरेक आन्दोलनमा महत्वपुर्ण भुमिका बहन गरेको ठाउँ । पछील्लो चरणमा भएको मधेश आन्दोलनको एपिसेन्टर मात्र होइन यो त मुलककै लाइफलाइन पनि हो । भर्खरमात्र महानगरका रुपमा स्तरउन्नती भइ निकट भविश्यमा २ नं प्रदेशको राजधानी कायम हुन सक्ने सबैभन्दा वलियो संभावना रहेको ठाउँ हो ।

२०४६ सालको प्रजातन्त्रको पुर्नवहाली सँगै वीरगंजले पनि काँचुली फर्ने अपेक्षा यहाँका आम नागरिकमा रहेको थियो । तथापी पर्सा जिल्लामा कृयाशिल राजनीतिक दल र ति दल सम्बद्ध राजनीतिक नेताहरुका कारण वीरगंज कहिल्यै माथी उठन सकेन । २०४६ साल पछी पर्सा जिल्ला र विशेष गरी वीरगंज शहरका नागरिकको प्रतिनिधित्व गर्ने अवसर नेपाली काग्रेसको हातमा गयो । यस अवधीमा काग्रेसले नगरपालिका र जिल्ला विकास समितीलाइ कार्यकर्ता भर्तिकेन्द्र बनाउने बाहेक नगरवासीको हितमा नगरक्षेत्रमा कुनै पनि काम गरेन । बरु तत्कालिन अवस्थामा उपमेयर रहेका अजय द्धीबेदीले वृक्षारोपणका नाममा रकम हिनामिना गरेको चर्चा आज पनी वीरगंजमा ताजै जस्तो लाग्छ । नेपाली काग्रेसको नेतृत्वले आफुले त केही गरेन गरेन पंचायत कालिन समयमा वीरगंजमा खडा भएका रगंशाला, घडीअर्वा पोखरी, लक्षमनवा पार्क जस्ता ठाउँ संरक्षण सम्म पनि गर्न सकेन । काग्रेसले नेतृत्व गरेका समयमा यि ठाउँहरु जिर्ण बन्दै गए । यतिमात्र होइन नेपाली काग्रेसको स्थानिय नेतृत्व कमजोर, लाचार, लोभि, जनविरोधी भएकै कारण पर्सा जिल्लामा रहेका राष्ट्रिय महत्वका वीरगंज चिनिमिलि र कृषि सामाग्री संस्थान जस्ता उद्योग बन्द भए । काँग्रेसको स्थानिय नेतृत्व सक्षम र इमान्दार भइदिएको भए पक्कै पनि यी उद्योग बन्द हुने थिएनन् ।

वीरगंज चिनिमिल र कृषि औजार कारखाना बन्द भएका कारण यस क्षेत्रका हजारौ मानिसहरु वेरोजगार हुन पुगे । नगदे वालीको रुपमा रहेको उँखु लगाउन नपाएपछी जनताको आम्दानीको स्रोत गुम्न पुग्यो । यस भेगका मानिसमा गरिवि वढन थाल्यो फलस्वरुप मानिसहरु गाँजा खेती तर्फ आर्कषित भए । गाँजा खेतीका कारण समाजमा अंशान्ती लुटपाट हत्या डाँका जस्ता अपराध बढन गयो । यसको मुख्य दायित्व नेपाली काग्रेस र त्यसपछी तत्कालिन अवस्थामा राजनीतिमा गरेका अन्य दलहरुको लिनुपर्ने हुन्छ । तर कसैले लिन चाहदैनन् । यस्तो दाहित्व बहन नगर्ने नेपाली काग्रेस अथवा ऐमालेलाइ अब हुने स्थानिय तहको निर्बाचनमा पर्सा जिल्लाका विभिन्न गाउँपालिकाहरु र विशेष गरी वीरगंज महानगरपालिकाको नेतृत्व दिनु फेरी पनि नगरवासीका निम्ती कदापी हितकर हुन सक्दैन ।

त्यसैले अब वीरगंज नगरपालिकाको निम्ती स्पष्ट दृष्टीकोण भएको, निश्चित कार्यनिति भएको, विकासको मार्गचित्र सहित जनतामा आएको, परिवर्तन र पहिचानको पक्षधर, लोभलाभबाट मुक्त भएको र परिवर्तनको संवाहक रुपमा आएको नेतृत्व खाँचो छ । जव सम्म वीरगंजमा तत्कालिन कार्यनिति र दिर्घकालिन दुरदृष्टी राख्ने इमान्दार समाजप्रति समर्पित नेतृत्व आउँदैन तवसम्म नगरको विकास असंभव छ । पुराना दल नेपाली काग्रेस र ऐमालेका उम्मेदवार यो मानेमा पटक्कै योग्य छैनन । यि दल र यिनका उम्मेदवारले जनताको विश्वास पुर्ण रुपमा गुमाइसकेका छन् ।

वीरगंजको स्थानिय तहमा यस अगाडी निर्बाचनमा प्रतिष्पर्धामा नरहेका राजनीतिक दलहरु विशेष गरी संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल, फोरम लोकतान्त्रीक, माओबादी केन्द्रका उम्मेदवार पनि चर्चामा रहेका छन् । यी दलका उम्मेदवार मध्ये संघिय समाजबादी फोरम नेपालका तर्फबाट मेयर पदमा उम्मेदवारी दाखेल गर्ने विजय कुमार सरावगी वीरगंजका चिरपरिचित समाजसेवी हुन । वीरगंज उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहीसकेका सरावगीले वीरगंज र वीरगंजबासीका हितमा अनेक किसिमका परोपकारी काम गरी सामाजिक क्षेत्रका आफनो परोपकारी र सहयोगी भावनालाइ प्रष्टयाइ सकेका छन् ।

पहिचानको पक्षधर संघीय समाजबादी फोरमबाट मेयरको रुपमा महानगरपालिकाको वागडर समाल्न हौसियका सरावगी कुशल प्रशासक र योजनकार हुन । वीरगंजका जनता सरावगीले निर्बाचन जितेमा योजनबद्ध ढंगबाट नगरको विकास गर्नेमा ढुक्कछन् । वर्षो देखी हजारौ कामदार कर्मचारी समेतको समुचित नेतृत्व गरी आएका सराबगीले वीरगंज नगरको नेतृत्व गरेमा वर्षौ देखी नगपालिकाको कर्मचारीले दिने गरेको दुखः र सास्ती व्यहोर्नु नपर्ने समस्त नगरबासीको विश्वास देखिन्छ । मारवाडी समुदायका सरावगीलाइ वीरगंजका मारवाडी, पहाडी, मधेशी, मुस्लिम महिला सबैले विश्वास गरी राम्रो समर्थन गरेको देखिन्छ । जानकारहरु वीरगंजमा विजयले विजयप्राप्त गरेमा यहाँको सामाजीक सदभाव अझबढी बृद्धी हुँदै गइ प्रगाढ हुने फलस्वरुप विकासको गतिले तिब्रता लिने अनुमान गर्छन । त्यसैले पनि वीरगंजेली जनता विजयलाइ वीरगंजको मेयर भएको देख्न आतुर देखिन्छन ।

स्थानिय बुद्धीजिविहरु सरावगी महानगरमा गर्ने कामको प्रष्ट योजना र विचार सहित अगाडी आएको अनुभव गर्दैछन् । ३० वर्षमा काग्रेस ऐमालेले गर्न नसकेको काम ५ वर्षमा गर्ने दावी गर्छन् सरावगी । उनिमा त्यो किसिमको अठोट र जाँगर पनि देखिन्छ र उनी काम गर्न पनि सक्छन् । सरावगीका कार्ययोजना अन्य दलका जस्ता हचुवा मनगढन्ते नभइ पुरागर्ने सकिने प्रष्ट छन् । उनको श्रीसिया नदीको उचित व्यवस्थापन गरी प्रदुषण नियन्त्रण गर्ने, शहरको फोहरमैला व्यवस्थापन गर्ने, सेटलाइट सिटी निर्माण गरी अनलाइन मार्फत सेवा दिने , साँघुरा सडक चौडा गर्ने जस्ता ठोस योजनालाइ जनताले औधि रुचाएका छन् यी र यस्ता अनेका काम सम्पन्न गर्न वीजय सरावगीको विजय अपरिहार्य छ । त्यसैले त समस्त वीरगंजबासी र खासगरी यहाँका युवाहरु सरावगीलाइ मत दिन आतुर हुँदै पटक पटक हेरौ काग्रेस ऐमाले र विमललाइ यसपटक हेरौ सरावगीलाइ भनिरहेका छन् । यि र यस्ता अनेक कारणले वीरगंजको चुनावि मैदानमा विजय विजयको दौडमा प्रतिष्पर्धि विहिन जस्तै भइ निक्कै अगाडी बढिसकेका छन् ।

रोहित वर्णवाल

(लेखल एक विद्यार्थी र युवा राजनीतिज्ञ हुन्)

Comments

comments