ठोरी गाउँपालिकाका मतदान केन्द्रहरुमा आजदेखी मतदाता परिचय पत्र बितरण सुरु

448

हेम चापागाई पर्सा ३० भदौ ठोरी गाउँपालिका अन्तरगत का मतदान केन्द्रहरुमा आजदेखी मतदाता परिचय पत्र बितरणको कार्य सुरु भएको छ । आगामी असोज २ गते हुने स्थानीय तहको तेश्रो चरण को निर्वाचनका लागि मतदाता परिचय पत्र बितरण सुरु भएको हो । यस अन्तरगत बिजयबस्ती मा। बि। मतदान केन्द्रका १ हजार ६४ मतदाता मध्ये आज ३० प्रतिशत मतदाताले परिचय पत्र लिएका छन् । उक्त केन्द्रका मतदान अधिकृत नरहरी प्रसाद खनाल, सहायक अधिकृत मनिष गौतम, कार्य सहायक दयाराम गिरी र ज्ञानेश्वर मान श्रेष्ठको टोलीले परिचयपत्र बितरण गरेको हो । बिहान ११ बजे बाट सुरु भएको परिचयपत्र बितरण साँझ ५ बजे सम्म सञ्चालन भएको थियो । आज राजनितिक दलहरुको चुनाव प्रचारप्रसारको अन्तिम दिन भएकोले पनि ३० प्रतिशतले मात्र परिचय पत्र लिएको अनुमान गरिएको छ । आज बाट सुरु भएको मतदाता परिचय पत्र बितरण असोज १ गते दिउँसो ३ बजे सम्म सञ्चालन हुने उक्त केन्द्रका मतदान अधिकृत नरहरी प्रसाद खनालले बताउनु भयो । आज बिहान ११ बजे देखी बितरण कार्य सुरु भएपनि भोलीबाट भने बिहान ७ बजेदेखी नै सुरु हुने अधिकृत खनालले बताउनु भयो । साबिक निर्मलबस्तीकै ज्ञानज्योति आधारभुत बिद्यालय मतदान केन्द्र मा भने भोली बाट मात्र बितरण हुने भएको छ । उक्त स्थानमा आज सर्वदलीय बैठक हुन नसकेपछि भोलीबाट मात्र बितरण सुरु हुने ठोरी गाउँपालिकाका मतदान अधिकृत प्रकाश कोइरालाले बताउनु भयो । ठोरी गाउँपालिकाका अन्य मतदान केन्द्रहरुमा पनि मतदाता परिचय पत्र बितरण सुरु भएको अधिकृत कोइरालाले बताउनु भयो ।

Comments

comments