×

वीरगन्ज २९ भदौ समाजवादी फोरमका केन्द्रि अध्यक्ष उपेन्द्र यादवले भ्रष्टाचार र कमिशनतन्त्र नेपाली कांग्रेसको लोकतन्त्र भएकोले विगतको २५ बर्षमा देशको अर्थतन्त्र धारासायी बनेको बताउनु भएको छ । उहाले अधिकारको लडाइसंगै मधेस विकासलाइ अगाडि बढाउने काममा संघीय समाजवादी फोरम नेपाल सधै अगाडि रहने बताउनु भयो । पर्साको वगहिमा पार्टीले आयोजनागरेको चुनावी आमसभामा बोल्दै नेता यादवले विगतको २५ बर्षसम्म कांग्रेस र एमाले सतामा रहेपनि मुलुका विकास भन्दापनि भ्रष्टाचार कमिशन तन्त्रलाइ बढावा दिएकोले सयौ युवाहरु रोजगारिको लागी विदेशनु परेको बताउनु भयो । उहाले वीरगन्जको विकासको लागी आफ्नो पार्टीले विरगन्जलाइ विकसित र समृद्ध वीरगन्ज बनाउनको लागी स्वक्षछवि भएका विजय सरावगीलाइ मेयर र उपमेयरमा पिंकी यादवलाइ चुनावी मैदानमा उतारेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै वीरगन्जका मेयरका उमेदवार विजय सरावगीले आफु जनताको हाकिम र नेता भन्दा पनि सेवक बनेर काम गर्ने बताउनु भयो । उहाले आफुलाइ नेता भनाउदाहरुले २५बर्षम ागर्न नसकेको विकास आफु जितेपछि ५ बर्षमा गरेर देखाउने बताउनु भयो ।वीरगन्जलाइ मुलुककै आर्थिक गन्तव्यको वीरगन्ज महानग बनाउने बताउदै भोजपुरी भाषाको विकासको लागी विभिन्न योजनाहरु लागु गर्ने बताउनु भयो ।

कार्यक्रममा पुर्वमन्त्री एवम केन्द्रिय सदस्य करिमा वेगम, जिल्ला अध्यक्ष प्रदिप यादव,पार्टीका जिल्ला प्रवक्ता रामनरेश यादव लगायतका नेताहरुले संघीय समाजवादी फोरम पार्टीका उम्मेदवारहरु प्रति बढेको जनलहरले विपक्षीहरु प्रास्तभएको बताउदै मशास छापमा लहरै मतदान गर्न स्थानियलाइ आग्रह समेत गरेका थिए ।
Back to top