×

वीरगन्ज २९ भदौ नेकपा एमालेले बारामा चुनाव प्रचारका नाममा खुलेआम बालबालिकालाई प्रयोग गरिरहेको पाईएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १० नीतनपुरका उम्मेदवार सन्जय पटेलले आफ्नो चुनाबी प्रचारमा खुलेआम वालवालिकाको प्रयोग गरिरहेका छन् ।

बुधबार विहान उम्मेदवार पटेलले निकालेको चुनावी -यालीमा ४० भन्दा बढि बालबालिकाको प्रयोग गरेका छन् । -यालीको अग्रभागमा रहेर व्यानर बोक्ने देखि झण्डा बोक्ने सम्म वालवालिका राखेर उनले वडा नम्बर १० को नितनपुर, बेहरा र वलुवामा घरदैलो गरेका छन् ।

एमालेले जीतपुरसिमरा उपमहानगरपालिका मात्र नभई बाराका अन्य स्थानीय तहमा पनि चुनावी कार्यक्रममा वालवालिको व्यापक प्रयोग गरिरहेको गुनासो स्थानीयले गरेका छन् ।

Back to top