नेताहरुले स्थापित गरेको भ्रष्टाचारलाई सुन्यमा झार्ने नेता सरावगीको प्रतिबद्धता

606

वीरगन्ज २९ भाद्र संघीय समाजवादी फोरमका मेयरका उम्मेदवार विजय सरावगीले आफुलाइ खानदानी नेता भनाउदाहरुले २ दशकदेखी स्थापित गरेको भ्रष्टारको संजाललाइ निर्मुल पार्ने बताउनु भएको छ । सरावगीले संघीय समाजवादी फोरम पर्साले आयोजना गरेको कोणसभामा यस्तो धारण व्यक्त गर्नुभएको थियो । उहाले महानगरपालीकालाइ भ्रष्टाचारको आखडा बनाउनेहरु जनताको परिवर्तनको चाहनाले अतालिएर चुनावको अन्तिम घरीमा भ्रामक प्रचारमा लागेकोमा सावधना गराउनु भयो ।

कार्यक्रममा बोल्दौ नेता सरावगीले महानगरपालीका कार्यालयकामा सुन्य भ्रष्टाचार लागु गर्नकोलागी महानगरमा हुने नगद कारोबारलाई विस्तारै निरुत्साहित गरि बैंकको मार्फत गरिने र स्थानिय तहमा हुने सबैे कामपछि त्यसको समाजिक लेखा परिक्षण गरी पार्द्शितालाई बढावा दिईने बताउनु भयो ।

त्यसैगरि सरावगीले लैङ्गिक उत्तरदायी तथा समाजिक समावेशी बजेटको निर्माण गरी नया योजनाहरु संचालन गरिने र समाजिक समावेसी बजेट परिक्षणलाई प्राथमिकताका साथ लागु गरिने बताउनु भएको थियो । उनले नागरिक वडापत्रमा उल्लेखित कागजात, समय र दस्तुर अनुसार काम नगरे को गुनासो आएमा यथासिघ्र सम्बन्धित कर्मचारीलाई लिखित स्पष्टीकरण सोधि नियामाअनुसार कारवाही समेत गरिने र गुनासो पेटिका, डिजिटल नागरिक वडापत्र सेवाग्राही कक्ष तथा अन्य ठाउँमा प्रष्ट देखिने गरी राखिने व्यवस्था गरिने बताउनु भएको थियो ।

कार्यक्रममा उपमेयर उम्मेदवार पिंकी देवी यादवले वीरगंज महानगरलाई बालमैत्री बनाइने र बालबालिकाहरुका लागि प्रत्येक वडामा बाल उद्यान निर्माण गरिने बताउनु भएक थियो । उनले ‘स्लेट टु स्लाइड’ अभियान अन्तर्गत महानगरमा पर्ने प्रत्येक स्कुलमा आधुनिक प्रबिधि जडान गरी ‘डिजिटल’ प्रबिधिबाट आधुनिक तथा उपयोगी शिक्षा प्रदान गरिने र आजको युगसंग प्रतिस्र्पाधा गर्नको लागि प्रत्येक सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट शिक्षा प्रदान गर्ने ब्यवस्था गरिने बताउनु भएको थियो ।

कार्यक्रममा वडा नम्बर २६ को अध्यक्ष पदका उम्मेदवार ग्यसुदीन देवान, वडा नम्बर १५ को अध्यक्ष पदका उम्मेदवार अजय साह (सर्राफ), जिल्ला उपाध्यक्ष सुन्दर प्रसाद कुर्मी, नगर अध्यक्ष मुकेश द्विवेदी, युवा नेता तबरेज अहमद लगायातले आफ्नो मन्तब्य व्यक्त गरेका थिए ।

सयौंको संख्यामा उपस्तिथ जनताको विच सम्पन्न भएको कार्यक्रममा मशाल छापमा मतदान गर्न नारा गुञ्जेको थियो र वडाका जनताले मशाल छापमा मात्रै मतदान गर्ने प्रतिबद्धता गरेका थिए ।