×

चिरञ्जीवी यादव बिरगंज  २८ भदाै जिराभवानी गाउँ पालिका १ माहदेवपटीमा स्थानीय हरुले आयोजना गरिएको पत्रकार समेलनमा स्थानीय तहको चुनावको प्रचार गर्न पुगेका पर्सा क्षेत्र नम्बर ५ का साँसद जयप्रकाश थारुले सो गाउको विकासका लागि एक जनालाई पचास लाख रुपैया दिएको बताएपछि गाउँलेमा हलचल पैदा भएको छ । उनले पचास लाख रुपैया दिएको भनी भाषण गरेपछि पैसा लिएको भनिएका स्थानीय मनमोहन महतो सो ठाउामा आउन अगाडी दलबल सहित साँसद चौधरी त्यहाँबाट हिडिसकेका थिए । मनमोहनले आफुले पाँच पैसा नलिएको बताउदै सरकारी पैसा कुन बैंकको खातामार्फत वा कुन कागजातमा वा कुन एउटा ब्यक्तिको अगाडी दिएको भनी चुनौति दिएपछि साँसदको गाउलेले खोजी सुरु गरेका छन् । ले आफै खाएको स्थानीयको अटकल छ । कुनै बेला साँसद चौधरीका नजदिकी मानिएका मनमोहन यतिखेर गाउँमा वडा अध्यक्षको पदका स्वतन्त्र उम्मेदवार छन् । गाउँलेको नजमा आफुलाई खसाल्न साँसद चौधरीले झुठो लान्छना लगाएको मनमोहनको आरोप छ । उनले २ सय बढी स्थानीय गाउँलेलाई भेला गरी बुधवार एउटा पत्रकार सम्मेलन गर्दै पैसा लिएको प्रमाणित गर्न साँसद चौधरीलाई चुनौति दिएका छन् । गाउँलेहरुको बिश्वास पनि मनमोहनउपर नै दखेखियो । यस प्रकरणको तहसम्म पुग्न आफुहरु चाहेको स्थानीयले बताए । साँसद चौधरीले संसदीय क्षेत्र बिशेष विकासको रकम मोटो कमिशन लिएर आफन्त र नजदिकका ब्यक्तिहरुलाई बाँडिरह्दा आफुले भ्रष्टाचार छानबिन गर्ने निकायमा उजुरी नदिएर गल्ती गरेको मनमोहनले स्किारले । उनले आब गल्ती सच्याउदै साँसद चौधरीलाई अनुसन्धान गर्ने निकायसम्म पुर्याउने बताए । त्यसै गरी सो गाउँबाट संघीय समाजवादी फोरम नेपालका उम्मेदवार रहेका बिकाउ प्रसाद भण्डारीले चौधरीले विकासको नाममा ब्यापक अनियमितता गरेको आरोप लगाउदै आफुले सोको बिरुद्ध संघर्ष गर्ने बताए ।कार्यक्रम मा स्थानीय पत्रकार प्रमोद यादव ,रितेश तिरपाठी,कृषमोहन साह,चिरञ्जीवी यादव , मेघराज चौधरी लगाएत को उपस्थित रहेको थियो

Back to top