×

२०५४ सालमा वीरगंज नगरपालिकाको सदस्य भएर राजनीतिमा सक्रिय भएका राजेशमान सिंह राजपाबाट मेयर पदका उम्मेदवार हुन् । उत्तिबेला नगरसभाको अध्यक्षमा निर्वाचित भएर वीरगंजमा सक्रियता देखाएका सिंह राष्ट्रिय मधेश समाजवादी पार्टीबाट दोस्रो संविधान सभाको चुनावमा तेस्रो स्थान बनाएका थिए । युवाहरुलाई स्थानीय स्तरमा नै रोजगारकोे सृजना गर्ने भिजनका साथ राजेशमान सिंह चुनावमा होमिएका छन् । दुःखका बेला सहयोग गरेकालाई जिताउने कि मौसमी बाजा बजाउनेलाई वीरगंजका मेयर बनाउने भन्ने प्रश्नमा अडिक उनी वीरगंजको टोल टोल सम्मकाले निर्वाचनमा आफूलाई साथ दिने दावीका साथ विभिन्न विकासे योजनाका साथ चुनावी मैदानमा होमिएका छन् । (राजपा नेपाल) राजेशमान सिंहसंग केहि प्रशन ?

१) यहाँको उम्मेदवारी के का लागी ?

म शुरु देखि नै समाज सेवामा लागेकोले यहाँको चाही जुन मेरो उर्जाको स्रोत छ, युवा शक्ति । त्यो युवा शक्तिको उथानको लागी वीरगंज जुन अव्यवस्थित शहर छ । त्यसलाई एउटा समुन्त वीरगंज बनाउनको लागी नै हामीहरुको टिमले एउटा पिडा उठाएका छौ । त्यो पूरा गर्नको लागी मैले उम्मेदवारी दिन लागेको हो ।

२) तपाईलाई नै वीरगंजका जनताले किन भोट दिने ?

म स्पष्ट भन्छु । वीरगंज महानगरपालिकाका जनताले सबै हेरिरहेको छ । वहाँहरुको दुःखमा, वाहाँहरुको समस्यामा वहाँहरुको विकास निर्माणको कार्यमा कसले साथ दिन्छ । को संग भिजन छ ? चुनावको बेलामा आएर भिजन देखाएर मात्र हुदैन । वीरगंज महानगरको जनताको समस्यामा, दुःखमा साथ साथै विकास निर्माणको कार्यमा पनि उहाँहरुको विश्वासको अगाडी खडा उत्रिन्छ भन्ने मुल्यांकन गरिसक्नु भएको छ । त्यही विश्वासमा म अगाडी बडिरहेको छु । यसका साथै युवा शत्तिको भरमा अगाडी बडिरहने छु । सर्वप्रथम त मेरो युवा शक्तिको जुन समस्या छ त्यो समस्या पनि समाधान गर्छु भनेर एउटा बिडा उठाएका छौं । त्यो भएर युवा शक्ति र वीरगंज महानगरपालिकाका जनताहरुले साथ दिने छन् ।

३) वीरगंज महानगरपालिकाको विकासको लागी तपाईको योजना के के हुनेछ ?

विकास योजना तपाईहरु मेरो घोषणा पत्रमा चाडै नै पढ्न सक्नु हुन्छ । तर अघि मैले भने जस्तो सर्वप्रथम मेरो जोड भनेको चाहीँ वीरगंजलाई एउटा समुन्नत वीरगंज बनाउने खाली तपाईको चाहीँ एउटा ड्राइपोट खोलेर वीरगंज समुन्त हुदैन । वीरगंजको विकासको लागी वीरगंजको सडकहरु कस्ता छन्, ? वीरगंजमा विजुलीको पोलहरु कस्ता छन्, खाली व्यापारिक क्षेत्रमा मात्र तपाईको आर्दशनगर एरियामा मात्रै हरियाली गरेर हुदैन बत्ति लगाएर हुदैन यसको लागी हामीहरुसंग एउटा सोच छ । त्यो सोच चाडै नै तपाईहरुले हाम्रो घोषना पत्रमा हेर्न सक्नु हुन्छ । वीरगंजको लागी समुन्नत वीरगंज, गे्रटर वीरगंज अवधारणालाई हामी पूरा गर्छौं ।

४) उम्मेदवारहरु त धेरै छन् । तर तपाईले विगतका दिनमा वीरगंजका लागी के कस्ता योगदान पु¥याउनु भएको थियो कि जनताले यहाँलाई नै भोट दिन्छन् ?

म मतदातालाई एउटै कुरा भन्न चाहन्छु कि तपाईले कस्तो मान्छे चुन्न चाहनु हुन्छ ? तपाईको दुःख समस्यामा खडा हुने वा जुन यो भदौ महिनामा मेघहरु गर्जन्छ त्यस्तै जुन यो नेताहरु आइरहेका छन् जुन व्यावसायी रुपमा यो राजनीतिमा लागिरहेका छन् । तपाईहरु त्यता तिर लाग्न चाहनु हुन्छ कि वीरगंजको विषयमा एउटा सोच राख्ने तपाईहरुको दुःख र सुखमा साथ दिने नेताहरु चाहनु हुन्छ ? हो, यो वीरगंज महानगरपालिकालाई जनताहरुले बुझ्ने छ र साथ दिनु हुनेछ भन्ने विश्वास लिएका छौ ।

Back to top