×

पञ्चायत कालमा २ र पछि २ पटक गरी ४ पटक मेयर पदमा निर्वाचित भइसकेका विमल श्रीवास्तव फोरम लोकतान्त्रिकका तर्फबाट वीरगन्ज महानगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । विमल श्रीवास्तव वीरगंजको विकासका पर्याय पनि हुन् भन्ने समेत भेटिन्छ । श्रीवास्तव अधारभुत तहबाटै राजनीतिमा आएको मानिन्छ । पञ्चायत कालमा पनि चापलुसीमा नलागेका स्वाभिमानी र विकासको भिजन भएका नेता भनी वीरगन्जवासीले चिन्ने श्रीवास्तव घडिअर्वा पोखरी, स्वीमिङ्ग पुल, लिङ्क रोड, लक्षमणवा पार्क र उत्तिबेला वीरगन्जमा ट्राफिक बत्ति बाल्ने भिजनका साथ काम गर्ने जनतासँग भिजेका पाका नेता हुन । निर्वाचनका झुट्टा एजेण्डा भन्दा पनि काम गरेर देखाउने एजेण्डा आफूसँग अझै धेरै भएकोले जनताले मैले गरेको पछिल्लो कामको मुल्याङ्कन गरेर मलाई जिताउनेमा ढुक्क छन् । (नेपाल लोकतान्त्रिक फोरम) बिमल श्रीवास्तवसंग केही प्रशन ?

१) तपाईको उम्मेदवारी के–को लागि ?

यो स्थानीय निर्वाचन हो । यो स्थानीय विकाससंग आवद्ध हुन्छ । स्थानीय विकास भनेको गरीव जनता देखि लिएर आफू बस्ने जुन ठाउँ, शहर र नगर छ त्यसको चौतर्फी विकासको निमित्त हो । यो एक किसिमले स्थानीय सरकार नै हो । २–३ वटा विषय बाहेक जुन देशको सरकारले गर्ने काम हो । त्यही नै स्थानीय सरकारले गर्ने कार्य हो । स्थानीय जनताको आपूर्ति, आकांक्षा, आवश्यकता र आद्युनिकिकरणको विषयहरुलाई समेटेर जुन महानगरपालिका घोषण भएको छ । त्यसको मार्फत जनताको सर्वाङ्गीन विकास गर्ने उद्देश्यले नै हामी यसमा लागि परेका छौ ।

२) यहाँ अहिले वीरगंज महानगरपालिकाका लागि मेयरको लागि उम्मेदवारी पनि दर्ता गराउनु भएको छ । विमल श्रीवास्तव भनेर नगरवासीले यहाँलाई कत्तिले चिन्नुहुन्छ ?

मैले भन्नु भन्दा पनि यो नगरवासीले भन्दा राम्रो हुन्छ । म पञ्चातकालमा पनि उम्मेदवार भए विजयी भए । जनआन्दोलन भयो बहुदल आयो बहुदलमा पनि चुनाव लडे विजय भईयो राजाको शासन आयो त्यसमा पनि चुनाव लडे त्यसमा पनि जितियो ,एवंम् प्रकारले ४ पटक सम्म जिम्मेवारी दिएको छ । अब जनताले के हेरेर जिम्मेवारी दिनु भयो त्यो त जनताले नै बताउँछन् । मेरो एउटै उद्धेश्य जनताको सेवा गर्नु हो ।

जनताको चाहनालाई आफनो क्षमता अनुसार पूर्ति गरिदिऊ । बाँकी थुप्रै योजनाहरु । जुन मैले कल्पना गरेको थिए । त्यसबाट धेरै कुरा अधुरो रहयो । जनताले पनि मेरा विगतका काम हेरेर यो मान्छेले काम गर्न सक्छन र गरेका छन् । त्यसकारण मलाई जनताले बारम्बार यस्ता मौका दिईरहेका छन् । त्यही आधार लिएर फेरी पुनः जनतामा गएको छु ।

३) यहाँले चार पटक सम्म बिजयी भई नेतृत्व गरी सक्नु भएको छ अब त अरुलाई पनि नेतृत्व सुम्पी सल्लाहकारको भुमिका निर्वाह गर्नु भएको भएपनि त हुन्थ्यो नी ?

यूवालाई दिने मौका हो त्यो दिनु पर्छ तहगत रुपमा यूवाले गर्नु पनि पर्छ र आउनु पनि पर्छ । पहिला यो नगरपालिका थियो पछि उप–महानगरपालिका भयो र अहिले महानगरपालिका भएको छ जस्को कारण थुप्रै जिम्मेवारीहरु थपिएका छन् यसरी विस्तार हुदै गयो । उनीहरुले पनि तहगतरुपमा आए भए हुन्थ्योनी । जिम्मेवारी थपिदै गए वडा अध्यक्ष थिए ५ वर्ष वडा अध्यक्ष भएर काम गरे धेरै अनुभवहरु बटुले मेयर भए । पहिलेकै जुन नगरपालिकाको यूवा नै आउनु पर्छ भन्ने छैन बूढा नै आउनु पर्छ भन्न पनि छैन जो पनि आउन पाउँछन् ।

४) वीरगंज महानगरपालिकाको विकासको लागि तपाईको योजना के छ ?

सबै भन्दा पहिला त यो महानगरपालिकाको बनोट हेर्नु प¥यो । सुरुमा १६ वटा वडाहरु थिए पछि १९ वटा भयो अहिले ३२ वटा छन् । पहिलाको वडा भन्दा बढी ग्रामिण भेग यसमा थपिएको छ । एकदम ठूलो जिम्मेवारी थपिएको छ । प्रत्येकको घरमा सौचालयको निर्माण गरिने छ त्यो पनि निःशुल्क स्वच्छ पानी जडान गरेर उपलब्ध गराईने छ ।

बेरोजगार यूवाहरुका लागि रोजगारीको सृजना गर्नेछ । त्यसमा पनि केही समस्या रहेछ भने उनीहरुको व्यवसाय गर्नका लागि नगरपालिका आफैंले विभिन्न किसिमका बैंकहरुसंग समनव्य गरी नगरपालिका आफैं धितो बसेर उनीहरुलाई व्यवसाय गर्न रकम उपलब्ध गराउने छ र सो को लाग्ने ब्याज नगरपनलिकाले नै तिर्ने छ । जब सम्म ति यूवाहरु आफू सक्षम हुदैनन । यूवाहरुका लागि हामीले कार्यक्रम ल्याउदै छौ ।

छात्रछात्राहरुका लागि निःशुल्क स्कूलको पोशाक देखि लिएर कलम,कापी जुत्ता, ब्याग जस्ता सबै सामग्रीहरु नगरपालिकाले प्रदान गर्ने छ । एकरुपता होस् महिलाहरुलाई पनि उनिहरुको अर्थिक रुपमा सिलाई, बुनाई, कटाई जस्ता कुराहरु निः शुल्क उपलब्ध गराईने छ , ग्रामिण भेगका किसानहरुका लागि गाई, भैंसी, बाख्रा पालन र शहरका लागि अतयावश्ययक पूर्वाधारहरु जस्तै पूरानो बसपार्कलाई आद्युनिक बनाउने, ढलनलका कुराहरु भए ,पार्कको कुराहरुको व्यवस्थापन गर्ने मेरो योजना छ ।

Back to top