×

व्यापारिक पृष्ठभूमिबाट आएका संघिय समाजवादी फोरम नेपालका तर्फबाट वीरगन्ज महानगरको मेयरका उम्मेदवार विजय सरावगीले भने, २० वर्षदेखि हुन नसकेको वीरगंजको विकास ५ वर्षभित्र गरेर देखाउने दावीका साथ चुनावी प्रचारमा छन् । वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष र तिन पटक नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य समेत भइसकेका सरावगी विद्यालय शिक्षामा मनोविज्ञान बुझेका व्यक्ति हुन् । उद्योग वाणिज्य समितिका संयोजक, एशियन लाईफ इन्स्योरेन्सका अध्यक्ष, ज्ञानदा एकेडेमी र सिद्धार्थ माध्यमिक विद्यालयका अध्यक्ष समेत हुन् । (फोरम नेपाल) विजय सरावगीसंग केहि प्रशन ?

१) वीरगंज महानगरपालिकाको मेयर बन्न चाहनुको कारण के हो ?

मेरो एउटै कारण छ । वीरगंज एउटा आर्थिक नगरी राजनीतिक थियो । छ महिना सम्म मधेश बन्द भयो । कुनै नेताले वास्ता गरेनन् । सरकारमा रहेका पाटीहरुले पनि वास्ता गरेनन् उल्टा यहाँका जनता माथी अत्याचार गरेर मार्ने सम्म कामहरु पनि भए ।

हाम्रो पुरै यहाँ आर्थीक क्षेत्र लथालिङ्ग भयो, समाजिक क्षेत्र लथालिङ्ग भयो, कसैले नि केहि पनि हेर्न चाहेन र जब यो समस्या पुरै समाधान भयो । त्यस पछि पनि कसैले हेर्न चाहेनन् र पटक पटक मधेशको इशुमा डिस्टब हुने भैरहेकोले र हामी मधेशमै बस्ने मान्छे भएकोले हाम्रो कर्म क्षेत्र नै यही भएकोले यस ठाउँको विकास पनि हामीले गर्नु पर्दछ । मधेशका जायज मागहरुको लागी हामी उठेर बाहिर आएका छौ ।

यहाँको जुन विकास हुनु पर्ने हो यतिको राजश्व हामी यहाँ दियौ त्यसको ०.५ प्रतिशत पनि यहाँ खर्च हुन सकेन । यहाँ जति पैसा आए त्यो समयमा खर्च हुन सकेन, त्यो पैसा खर्च गर्ने क्यापसिटी नै देखिएन । विकासको नामको कुनै चिजै छैन । यहाँ यति राजश्व दिदा पनि यहाँ विकास हुन्थ्यिो भने राम्रै हुन्थ्यिो । तर अधिकार प्राप्तिको लडाइ भइरहेको छ । यहाँ मिसनहरु धेरै भयो ।

अब यहाँ त जनतालाई कसरी अगाडी बढाउने समाजको अवस्था कसरी सुधार्ने त्यो हिसाबले हाम्रो कुराकानी भयो हैन यसमा चै आउनै पर्छ वीरगंजलाई सुधार्नै पर्छ किनकि भोलीका युवाहरु यस्तो स्थितीमा बस्न चाहदैन जहाँ कुनै क्वालीटी नै छैन । त्यहाँ कसरी बस्छन् । आज हामी साह्रै तल्लो स्थितिमा हामी बाचिरहेका छौ ।

त्यसैको लागी हामी आएका छौं । ताकी भोली हाम्रो आउने पुस्तालाई राम्रो जीवन शैली पाउन, राम्रो ठाउँ पाउँ बस्नको लागी र राम्रो ढङ्गको रोजगारी,शिक्षा, स्वास्थ्य पाओस् भनेर म यो मेयरको पदमा लड्दै छु । र मलाई थाहा छ । जुन विकास वीरगंजमा ५० वर्ष देखि हुन सकेको छैन । त्यो ५ वर्षमा गर्ने सक्छु किनभने हामीलाई थाहा छ कि जति पैसा हामीसंग छ । त्यो पैसा राम्रो तरिकाले प्रयोगमा ल्याइयो भने वीरगंजलाई एउटा राम्रो शहरको रुपमा स्थापित गर्न सक्छौ ।

२) वीरगंज महानगरपालिकाका जनताले यहाँलाई नै किन भोट दिने ?

वीरगंज महानगरपालिकाको जनताले मलाई किन भोट दिन्छन् भने सम्पूर्ण राजनितीक पाटीलाई हामीले हेरिसक्यौ । म वीरगंजकै बासी हो हामीलाई थाहा छ हामीले कति पिडा र समस्याहरु भोगिसक्यौं कति कुराहरुबाट हामी पछि परेका छौ । जनतालाई यिनीहरुको जिवन शैली कसले सुधार्ने हो ? भन्ने जनताले बुझेको छ ।

३) पाँच वर्षमा तपाईले गर्ने एजेण्डाहरु के के हुन् ?

मेरो एनेण्डाहरु थुप्रै छन् । छोटोमा भन्नु पर्दा यहाँको जीवन स्थिति कसरी सुधार्ने वीरगंज शहरलाई राम्रो कसरी समृद बनाउने ताकी भोली कोही पनि विदेश पलाएन हुन नपरोस् । रोजगारी पाएन भनेर हरेक युवालाई रोजगारी दिने, घर–घरमा महिलाहरुको लागी रोजगारीको सृजना गरेर सबैलाई आत्मनिर्णभर बनाउने । मलाई लाग्छ कि मेरो जुन एजेण्डाहरु छन् भविष्मा दैनिक जीवन संग सम्बन्धी छ । म संग भएको श्रोत र साधन सके सम्म प्रयोग गेरेर जुन अहिले जति पैसाबाट विकास गरेको छ । त्यही पैसाबाट म पाचँ गुणा विकास गर्छु । र थप पैसा जुन आउँछ । त्यसले थप विकास गर्छु ।

Back to top