×

शिक्षा लिने क्रमसँगै राजनीतिमा उदाएका नेपाली कांग्रेस जिल्ला सभापति समेत रहेका वीरगंज महानगरको मेयरका उम्मेदवार अजय द्विवेद्वी वीरगंज महानगरपालिकाको उप मेयर, पूर्व सभासद समेत हुन् । मृदुभाषी नेताका रुपमा परिभाषित नेता द्विवेद्वी कुरा भन्दा कामका लागि निकै दबाब दिन सक्ने नेता द्विवेद्वी आफ्नो पालामा वृक्षारोपणको सुरुवात गर्ने नेताका रुपमा पनि चिनिन्छन् । वीरगन्जलाई हराभरा शहर बनाउने र यहाँको पूर्वाधार विकासमा जोड दिने उनको प्रमुख एजेण्डा छ । (नेपाली कांग्रेस) अजय दिुवेद्धीसंग केहि प्रशन ?

१) यहाँ वीरगंज महानगरपालिकको मेयर पदमा उठ्नुको कारण के होला ?

शहरको विकासका लागि समृद्ध शहर, स्वस्थ्य शहर, सक्षम शहर बनाउन लागी नेपाली कांग्रेसको नेतृत्व नेपाली कांग्रसको सोच अनुसार विकास गर्नलाई मेयरको उमेद्वार लिएको हुँ ।

२) वीरगंज महानगरपालिकाको जनताले यहाँलाई नै किन भोट दिने ?

पहिलो कुरा त म नेपाली कांग्रेसको उम्मेदवार भएकोले, नेपाली कांग्रेस एक मात्र यस देशको भरोसा गर्ने पाटी जनताले पत्याएको र पत्याउने लाएक भएको पाटी भएकोले कांग्रेसको उम्मेदवार भएकोले भोट दिने । अर्को अजय दुवेदी भन्ने मान्छे अहिले सम्मका जति उम्मेदवार छन्, ती उम्मेदवारहरुमा अनुभबको दृष्टिकोणले, कामको पनि अनुभवले गर्न सक्ने भिजनको पनि दृष्टिकोणले, समर्थनका दृष्टिकोणले र गर्न सक्ने साहस र एजेन्डाको दृष्टिकोण वा पत्याउन लायक मान्छे हो भन्ने लागेर उमेद्वारी दिएको हो ।

३) तपाईको एजेन्डा के ?

यो ठूलो कुरा हो हाम्रो एजेन्डाहरु पाटीको घोषणा पत्रको रुपमा प्रस्तुत गर्छ । वीरगंज अब महानगरपालिका भैसक्यो पहिलेको वीरगंजभन्दा तीन गुणा ठूलो भइसक्यो । पहिले भन्दा अहिलेको वीरगंजको एजेन्डा फरक भइसक्यो । अहिलेको एजेन्डामा कृषि र कृषक प्रमुख एजेन्डाको रुपमा आइरहेको छ । गाउँलाई विकसित बनाउनु छ, पुरानो शहरलाई विकसित शहर बनाउनु छ । हामी गाउँलाई शहर बनाउदै महानगर सम्म बनाउनु छ भने पुरानो अविकसित शहरलाई महानगरपालिको रुपमा अगाडी बढाउदै लैजानु छ । आउने दिनमा वीरगंजनको योजना बनाउँदा बडा रोचक ढंगको योजना बन्छ, गाउँलाई नगर बनाउने र नगरलाई महानगर बनाउने योजना बनउनु पर्छ ।

निर्वाचन आंचार सहिंता उल्लंघनमा हामी एकदमै सजग छौ ।

४) वीरगंज महा नगरपालिकाको विकासको लागि तपाईको योजनाहरु के के छन् ?

जुन नयाँ वडाहरु वीरगंजमा थपिएका छन् । तिनीहरुलाई शहरसंग जोडने योजना ल्याउनै पर्छ । गाउलाई शहरसम्म जोडन सकेनौ भने त्यसको विकास हुन सम्भव छैन । त्यसैले मेरो नारा नै छ पुरानो शहरको सुधार नयाँ शहरको निर्माण । पुरानो शहरको हामी सुधार गर्छौ । सडक यातायात, शिक्षा, स्वास्थ्य लगायत भाषा, संस्कृति लगायतमा सुधार गर्ने छौ । वीरगंजलाई फिल्म सिटी बनाउने पहल गर्ने छौ । हाम्रा सांस्कृतिक धरोहरका संरक्षण गर्ने हाम्रो योजना रहेको छ ।

५) हिजोका दिनहरुमा निर्वाचन आंचार सहिंता उल्लंघन भएको छ यसमा तपाईको पार्टी कतिको सजग छ ?

कांग्रेस पार्टी कानुनको पालना गर्नेमा प्रतिबद्ध भएको पाटी हो । हामी यसमा एकदमै सजग छौ । तपाईहरु हेरिरहनु भएको छ हामी कुनै किसिमले तडक भडक गरेर प्रचार प्रसार गरेका छैनौं ।

Back to top