संघीय समाजवादी फोरम नेपालको पकहामैनपुरमा घरदैलौ कार्याक्रम सम्पन्न

361

दिपक चौरसिया वीरगन्ज २७ भदौ । संघीय समाजवादी फोरम नेपालको पकहामैनपुर गाउ“पालिकाको अध्यक्षका उम्मेदवार विजय चौरसियाको नेतृत्वमा पकहामैनपुरमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । घरदैलो कार्यक्रममा स्थानीयले संघिय समाजवादी फोरम नेपालका पकहामैनपुर गाउ“पालिकाको अध्यक्षका उम्मेदवार विचय चौरसिया र उपाध्यक्षमा मधेश आन्दोलनका सहिदकी आमा कुसुमा देवी लगायत सबैलाइ चुनाव चिन्ह मशाल छापमा मोहर लगाएर सबै उम्मेदवारलाइ जिताउने प्रतिबद्धा व्यक्त गरेका छन् । पार्टीका जिल्ला तथा स्थानिय नेता एवम कार्यकर्ताहरुको व्यापक सहभागीतामा सम्पन्न भएको घरदैलो कार्यक्रममा स्थानिय समेतको उत्साह जनक सहभागीता रहेको थियो । अगामी असोज २ गते हुने स्थानीय निकायको चुनावको लागि पार्टीको पक्षमा प्रचासप्रसार गर्दै फोरम पकहामैनपुर गाउपालिकामा विहान र दिउसो घरदैलो कार्यक्रम गरेको हो । घरदैलो कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका पकहामैनपुर गाउपालिकाका कार्याकर्ता तथा स्थानिय महिला र अगुवाहरुको सहभागिता रहेको थियो । घरदैलो कार्यक्रमका सहभागिहरुले मशाल छापमा मतदान गर्न आग्रह गर्दै अगाडी बढी रह्दा स्वागतमा टोलका स्थानीयले उम्मेदवारहरुको पक्षमा नारा लगाउदै फोरम नेपालका मशास छापमा अत्यधिक मतदिएर जिताउन प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।